२०७९ चैत्र १५ बुधबार

‘नाबालिगले चाहेपनि’ सन्दीपलाई निर्दोष प्रमाणित गर्न मुश्किल

काठमाडौं, २३ भाद्र । बला*त्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कानूनी उपचारको सहयोगको आग्रह गरेका छन् । क्यानका पदाधिकारीसँगको टेलिफोन कुराकानीमा उनले सहयोगको आग्रह गरेका हुन् ।

राम्रो वकिल खोजिदिन लामिछानेले भनेका छन् । उनी क्यारेबियन कप खेलेपछि स्वदेश फर्कने भन्दै जमैकामै बसेका छन् । यता नेपाल प्र*हरीले उनको खोजी जारी राखेको छ ।

सन्दीप स्वदेश फर्किएलगत्तै प*क्राउ पर्नेछन् । उनीमाथि अनुसन्धान बढाउने तयारी भइसकेको छ ।

१७ वर्षीया नाबालिगले सन्दीपमाथि बला*त्कारको आ*रोप लगाएकी छिन् । नाबालिगको परिवारले उजूरी गरेका छन् । ५ भाद्रको साँझ होटल छिरेर ६ भाद्रको विहान होटलबाट निस्किएको तथ्य खुलिसकेको छ ।

सन्दीपले आफूलाई पटक पटक ब*लात्कार गरेको नाबालिगकको आ*रोप छ । सन्दीपले भने निर्दोष दाबी गरेका छन् ।

नाबालिगकले चाहेपनि अब अनुसन्धान प्रभावित नहुने भएको छ । विगतमा नाबालिग आ*रोपबाट पछि हटेपनि अनुसन्धान रोकिएको थिएन ।

२०७९ भाद्र २३, बिहीबार प्रकाशित 0 Minutes 62 Views

ताजा समाचार