गीतमा कृष्ण विश्वकर्माको एरेन्ज रहेको छ । मायालु जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई मायाको संसारमा घुमाउन गायकले निकै प्रयत्न गरेका छन । किरण चैसिरको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशन भिडियोमा रहेको छ ।
“हाँसेर“ गीतको भिडियोमा शर्मिला अधिकारी , दिव्या न्यौपाने , निशान जिसी , सन्तोष घिमिरे, मिलन कंडेल , प्रविण काफले र सन्तोष गैरेको अभिनय तथा नृत्य रहेको छ ।