
जङ्गली हात्तीबाट मृ*त्यु भएका परिवालाई आर्थिक सहयो..
२५ भाद्र २०७९, शनिबार
काठमाडौं । जङ्गली हात्तीको आक्र*मणबाट मृ*त्यु भएकी शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीय मीना जोशीका परिवारलाई रु १० लाखको चेक शुक्रबार हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय प्रकृति कोषमार्फत उपलब्ध गराइएको रु १० लाखको चेक मृ*तकका बुवा कालुराम जोशीलाई प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हस्तान्तरण गर्नुभएको हो ।
गत भदौ १३ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले घरमै रहेका बेला मीनालाई आ*क्रमण गर्दा उहाँको घट*नास्थलमै मृ*त्यु भएको थियो । यसअघि मृत*कका परिवारलाई कोषले किरिया खर्चबापत रु ५० हजार रकम उपलव्ध गराएको थियो ।
वन्यजन्तुबाट हुने क्ष*तिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुको आ*क्रमणबाट मानवीय क्ष*ति भए आश्रित परिवारलाई क्ष*तिपूर्तिवापतको रकम उपलव्ध गराउने प्रावधान छ ।