२०७९ आश्विन १० सोमबार

घट*ना बारे बोले सन्दीपका आमाबुवा के भन्छन ?

घट*ना बारे बोले सन्दीपका आमाबुवा के भन्छन ?

काठमाडौं । नाबालिग किशोरीलाई कर णी गरेको भन्दै जा*हेरी दिएपछि राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने बारे विभिन्न खाले समाचार प्रसारण भईरहेका छन् ।

पीडित किशोरी र सन्दीप लामिछाने काठमाडौंको एक होटलमा करिब सात घन्टा बसेको खुलेको छ। भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ। मंगलबार प्र*हरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको हो।

प्रमाण स्वरूप प्रह*रीले काठमाडौं-९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ। जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको छ। बुधबार नै प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट प*क्राउ पुर्जी जारी गर्ने प्र*हरीको तयारी छ।

१७ वर्षीया किशोरीले मंगलबार गौशाला प्रह*रीमा जाहेरी दिएपछि सन्दीपको परिवार पनि यतिबेला तनावमा छन्। उनका बुवाआमा छाँगाबाट खसेजस्तो महसुस गरेको बताएका छन् । बुवाआमा नियमित समयमा सुतिसकेका थिए । बिहानको समाचारमा छोराको यस्तो खबर आएपछि उनीहरू तनावमा परेका थिए । बिहानमात्रै उनीहरुले छोराको खबर थाहा पाएको बताएका छन् ।

सन्दीपका बुवा चन्द्रनारायण टेलिभिजनमा समाचार हेरेर छोराको खबर थाहा पाउँदा छाँगाबाट खसेजस्तै भएको बताएका छन् । सन्दीपका बुवाले उनको चालचलन निकै राम्रो भएकाले यो खबर पत्याउन गाह्रो भएको बताएका छन् । हाल चितवनमा बस्दै आएका उनका बुवा सन्दीपले छोराको हिसाबले सबै जिम्मेवारी पुरा गरिरहेको बताएका छन् ।

संदीपका बुवाका अनुसार बाहिर आएको घ*टनामा उनीहरूले पत्याउन सकेका छैनन् । बुवाआमाले यो षड्यन्त्र मात्रै भएको समेत आशंका गरेका छन् । छोरालाई फ*साउन ष*ड्यन्त्र गरिएको हो कि भन्ने उनको आशं*का छ ।

सामाजिक सन्जालमा लेख्दै सन्दीपले आफू स्त*ब्ध भएको र केही दिनमा सिपिएल छोडेर स्वदेश फर्कने बताए । ‘म स्त*ब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कदै छु । म यो आधारहीन आरो*पको सामना गर्न तयार छु । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ’ सन्दीपले लेखेका छन् ।

२०७९ भाद्र २५, शनिबार प्रकाशित 1 Minute 40 Views

ताजा समाचार