२०७९ चैत्र १५ बुधबार

दशैं तिहार योजनासँगै भिभो ‘भी२५’ स्मार्टफोनको बिक्री सुरू, उपभोक्तालाई विभिन्न उपहार

दशैं तिहार योजनासँगै भिभो ‘भी२५’ स्मार्टफोनको बिक्री सुरू, उपभोक्तालाई विभिन्न उपहार
Vivo V25 Series in nepal

काठमाडौं । भिभोले नेपाली बजारमा ‘भी’ सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ‘भी२५ सिरिज’ काे बिक्री सुरू गरेकाे छ । केही दिनअघि कम्पनीले ‘भी२५ सिरिज’को प्रि–बुकिङ खुलाएकाे थियाे । यसअन्तर्गत ६०० भन्दा बढीकाे प्रि-बुकिङ भएकाे कम्पनीले जनाएकाे छ ।

याे सिरिज अन्तर्गत ‘भी२५’ र ‘भी२५ई’ स्मार्टफाेन उपलब्ध गराइएकाे छ । दवै स्मार्टफाेनमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ, जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ ।

यसका साथै, दवै स्मार्टफोनमा ‘फ्लोराइट एजी ग्लास’ प्रयोग गरिएको छ, जसले फोनलाई अझ बढी आकर्षक बनाउने कम्पनीको दाबी छ ।

याेसँगै भिभोले भदौं २३ गतेदेखि ‘दशैं तिहार भिभोको साथमा उपहार हातमा’ योजना पनि सार्वजनिक गरेको छ ।

याे योजना अन्तर्गत ग्राहकले हरेक भिभो फोनको खरिदमा, दुई जनाले ‘भी२५ फाइभजी स्मार्टफाेन जित्न सक्नेछन ।

त्यस्तै हरेक हप्ता एक जनाले ‘वाई१५सी’ जित्न सक्नेछन् भने हरेक दिन एक जनाले भिभोको टीडब्लूएस २ई नेकब्यान्ड, हरेक दिन तीन जनाले एनकरको यू२आई नेकब्यान्ड र चार जनाले भिभो फुटबल तथा ३० हजार माथिको फोन खरिदमा सियोर सटमा छ महिनाको वारेन्टी पाउन सक्नेछन् ।

यो योजना कात्तिक १४ गतेसम्म लागू हुने कम्पनीले जनाएकाे छ ।

यस्तो छ भिभो ‘भी२५’ र ‘भी२५ई’ स्मार्टफाेन

यी दुवै फोनमा ६४ मेगापिक्सेलको ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेरा रहेको छ ।

भी २५ फाइभजीमा ५० एमपी अटो फोकस पोर्ट्रेट फ्रन्ट क्यामेरा रहेको छ, जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ । साथै, भी२५ई मा ३२ एमपी फ्रन्ट क्यामेरा दिइएको छ ।

भी२५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी२५ई मा मिडिया टेक हेलियो जी९९ प्रोसेसर राखिएको छ ।

यी दुवै फोनमा ४५०० एमएएच ब्याट्री दिइएको छ । ४४ वाट फ्ल्याश चार्जर युक्त यी फोन ८ जीबी र्‍याम तथा १२८ जीबी रोम भेरियन्टमा उपलब्ध हुनेछन् ।

“भिभोले फोटोग्राफी केन्द्रित ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको छ,’ भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भी२५ सिरिजले प्रयोगकर्तालाई अत्याधुनिक क्यामेरा र इमेजिङ प्रविधि प्रदान गर्नेछ । दुवै स्मार्टफोन, भी२५ फाइभजी र भी२५ईमा सेग्मेन्टकै उत्कृष्ट विशेषता रहेका छन् ।”

कम्पनीका अनुसार भी२५ फाइभजी अक्वामेरिन ब्लु र डाइमण्ड ब्ल्याक गरी दुई फरक कलर भेरियन्टमा उपलब्ध हुनेछ । जसको बजार मूल्य ५२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै भिभो भी २५ ईको मूल्य ४२ हजार ९९९ रुपैयाँ राखिएको छ । यो फोन सनराइज गोल्ड र डायमण्ड ब्ल्याक गरी दुई कलर भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

२०७९ भाद्र २५, शनिबार प्रकाशित 1 Minute 39 Views

ताजा समाचार