२०७९ आश्विन १० सोमबार

हिमानी ट्रष्टद्वारा ३७ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

हिमानी ट्रष्टले गोरखाका विभिन्न विद्यालयका तीनहजार सातसय बिद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ । सदरमुकामको शक्ति माविमा शनिबार एक कार्यक्रम आयोजना गरी ट्रष्टले तीनहजार ७५० जना बिद्यार्थीहरुलाई १९ प्रकारका सामाग्रीले भरिएको झोला वितरण गरेको हो ।

कार्यक्रममा ट्रष्टकी अध्यक्ष हिमानी शाह र उनकी छोरी कृतिकाले विद्यार्थीका लागि सैँतीसय थान झोला ४० विद्यालयका शिक्षकहरुलाई हस्तान्तरण गरिन् । गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सहिद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका र धार्चे गाउँपालिकाका विद्यार्थीहरुलाई वितरण गरेको जिल्लामा कार्यक्रम संयोजन गरेका मोहसिन अलि मियाँले जानकारी दिए ।

सो सामग्री चाइना फाउण्डेनमार्फत प्राप्त भएको हो । चाइना फाउण्डेशनले बर्षेनी देशभरका एकलाख भन्दा धेरै विद्यार्थीलाई यस्ता सामग्री उपलब्ध गराउँदै आएको छ । यसबर्ष हिमानी ट्रष्टमार्फत गोरखा, लम्जुङ, गुल्मी र मनाङका १० हजार जना विद्यार्थीलाई सो सामग्री बाँड्दैछ । मनाङबाहेक अरु जिल्लामा वितरण गरिसकिएको चाइना फाउण्डेशनका कवीर नेपालीले जानकारी दिए । अन्य संस्थाहरुसित समन्वय गरी अरु जिल्लामा वितरण गरिरहेको उनले बताए ।

हरेक बर्ष चाइना फाउण्डेशनसित सहकार्य गरी विभिन्न एनजीओहरुले शैक्षिक तथा स्वास्थ्य सम्बन्धी सामग्री वितरण गर्ने गर्छ ।
सो ब्यागभित्र नेपाली तथा अंग्रेजी अभ्यास पुस्तिका, कलर बक्स, स्टेशनरी बक्स, पेन्सील, हेल्थ ब्याग, लन्च बक्स, वाटर बोटल, टावेल जस्ता दैनिक प्रयोगमा आउने सामाग्री राखिएको ट्रष्टले जनाएको छ । त्यस्तै, ब्यागमा फेस माक्स, साबुन, मन्जन, ब्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्ड समेत राखिएको ट्रष्टले जानकारी दिएको छ ।

२०७९ भाद्र २५, शनिबार प्रकाशित 0 Minutes 20 Views

ताजा समाचार