
चार सन्तान भइसक्दा पनि गोरखा नगरपालिका १३ याङ्कोटका नारायणकाजी अधिकारी दम्पतिको दिल भित्रदेखि खुशी थिएन । एउटा मात्रै छोरा भइदिएको भए, स्व*र्गको ढोका खुल्ने थियो भने धुकधुकीले उनीहरुको अनुहारमा कहिल्यै चमक आउँदैनथ्यो ।
प्रसंगवश कुरो चल्दा जेठी छोरी निर्मला अधिकारीले मुख खोलिन्, ‘आखिरीमा छोराले झैँ काँध हाल्न पनि हामी सक्छौँ, दा*गब*त्ती दिन पनि हामी सक्छौँ । कागकिरिया गर्न पनि हामी सक्षम छौँ, पिर नगर्नुस् ।’ छोरीहरुले गफै दिएका हुन् भन्ने ठानी सुरुसुरुमा त अधिकारी दम्पत्तिले पत्याएनन् । तर हर दिनरात बुबा, आमाको सेवा सुश्रुसा देखेपछि अधिकारी दम्पत्ति आश्वस्त भएका थिए ।
अञ्जानमा बुबालाई दिएको आश्वासन अहिल्यै कार्यान्वयन गर्नुपर्ला भन्ने सोचेका थिएनन् । क्षयरोग, मधुमेह र उच्चरक्तचापको दीर्घरोगले ग्रसित अधिकारीको ४३ बर्षको उमेरमै गत बुधबार नारायणी सामुदायिक अस्पतालमा नि*धन भयो । तब आश्वासन कार्यान्वयन गर्ने, छोरीको अदम्मय हिम्मत र साहस देखाउने बेला आयो ।
बुधबार राती मृत्यू* भएका उनको श*व जेठी निर्मला र माहिली निर्जलाले उठाए र दरौँदी र मस्र्याङ्दीको दोभान, रामशाहघा*टमा पु¥याए । शव परिक्रमा गरी दा*गब*त्ती पनि दिए । फर्केर आएपछि घरमा उनीहरु नै १३ दिने किरियामा बसेका छन् ।
उनीहरुको आँट र पुरुषार्थले समाजमा छोरीको शान बढाएको समुदायले अनुभूति गरेको छ ।
‘बाँचुञ्जेल त हामीले विश्वास दिलाएका थियौँ । अहिले गरेको बाचा पूरा गरेका छौँ’, कक्षा १२ पढ्दै गरेकी निर्मला भन्छिन्, ‘म, माहिली बहिनी निर्जला, आठ कक्षामा पढ्ने साहिँली बहिनी निशा किरिया बसेका छौँ । पाँच कक्षामा पढ्ने कान्छीचाहिँ अल्लि सानै भएकाले बसेकी छैन ।’
उनीहरुमध्य महिली निर्जलाको बिहे भइसकेको छ । बिहे भए पनि बुबाको कि*रिया बस्न भने उनी माइती आएकी छिन् । निर्मलाको परिबारमा अहिले हजुर आमा, आमा र चार जना दिदीबहिनी रहेका छन् । ‘गाउँघरमा छोराछोरीमा असाध्यै भेदभाव हुन्छ । हाम्रो बुबाआमा चारजना छोरी जन्मदासम्म पनि छोराको आश गरिरहनुहुन्थ्यो । यसको कारण भनेकै यही अन्तिम अबस्थामा गर्ने काजकि*रियाले गर्दाखेरि हो’, निर्मला भन्छिन्, ‘हामी छोरीहरुले पनि अन्तिममा गर्ने संस्कार गर्न सक्यौँ भने त छोरा र छोरीमा भेदभाव हुदैन भन्ने सोचेर यो आँट गरेका हौँ ।’
लैंगिक विभेदविरुद्ध निर्मला, निर्जला र निशाले हिम्मत गरेको सो वडामा वडाअध्यक्ष पनि महिला नै छन् । छोरीहरुको यस्तो हिम्मतलाई वडा अध्यक्ष मित्रा परियारले मुक्तकण्ठले प्रसंसा गरेकी छिन् ।
‘विभेदपूर्ण परम्परा, मूल्य मान्यता चिर्दै हाम्रो वडाका चेलीहरुले उठाएको यो कदमलाई म सलाम गर्दछु’, उनी भन्छिन्, ‘यी साहसी छोरीहरुको कदमले छोराले गर्न सक्ने काम छोरीले पनि सहज रुपमै गर्न सक्दारहेछन् भन्ने नमूना प्रदर्शन गरेको छ । मुख्य कुरा छोरा र छोरी सम्मान हुन भनेर पनि यसले यसले समाजमा सचेतना दिएको छ । विस्तारै हाम्रो समाज परिवर्तन हुदै आएको छ ।’
संस्कार, संस्कृति, परम्परा आवश्यकता अनुसार मानिसले स्थापित गरेको हुनाले अवस्थाअनुसार मानिसले नै परिवर्तन गर्न सकिन्छ भन्ने उनको बिचार छ । ‘देशमा बिस्तारै राजनीतिक, सामाजिक, भौतिक परिवर्तन भइरहेको छ । संघीयता आएपछि महिलाहरु नेतृत्ववमा पुग्ने अवसर पाएका छन्’, उनी भन्छिन्, ‘अब बिकृतिका रुपमा रहेका संस्कृतिलाई मान्छेको आवश्यकता र अबस्थालाई मध्यनजर गरी परिमार्जन गर्दै लैजान जरुरी छ । त्यसका लागि यी छोरीको कदम सहायक सिद्ध हुने छ भन्ने मैले विश्वास लिएको छु ।’ उनका अनुसार सोही वडाको एक दलित परिवारमा यसअघि पनि छोरीहरुले काजकिरिया गरेका थिए ।
धर्मकर्ममा छोरा नै चाहिन्छ भन्ने नाममा महिलामाथि हिंसा हुने गरेको बताउदै स्थानीय लक्ष्मण थापा क्षेत्रीले समाजमा छोरा नै चाहिन्छ भन्ने सोच विस्तारै अन्त्य हुदै गएको बताए । ‘समाजमा छोरा चाहिन्छ भन्ने बाबुआमालाई मर्दा छोरीले काँध हालेर बोक्ने, दागबत्ती दिने र काजकिरिया गरेर उदाहरणीय काम गरिरहेका छन्’, उनले भने, ‘उनीहरुको यस कदमले छोराको निहुँमा धेरै बच्चा जन्माउन बाध्य र अकालमा ज्यान गुमाउन पुग्ने आमाहरुको कमी हुनेछ । छोरा चाहिन्छ भन्दै महिलामाथि हिंसा गर्ने, म*रेपछि छोरा नभै वैकुण्ठ बास हुन्न भन्ने चिन्तनलाई यी छोरीहरु उदाहरणको पात्र बनेका छन् । यी नानीहरु देवीको रुपमा सेवा गर्न र धर्म गर्न जन्मेका हुन् जस्तो महशुस गरेको छु । किनकि अबका दिनमा छोरा नजन्माएको निहुँमा आमाहरुले कुनैपनि खालको हिंसा बेहोर्नु नपरोस् । यी नानीहरुबाट पाठ सिकुन् ।’