२०७९ चैत्र १५ बुधबार

हर्क साम्पाङलाई ८५ वर्षीया वृद्धाले पठाइन् ‘ढुंगा’ कोसेली

धरान उमपहानगरपालिका मेयर हर्क साम्पाङ यतिबेला सर्दु खोलाको खानेपानी धरान पुर्याउने दौडाहामा छन् । उनी दैनिकजसो सर्दुखोला किनारमा गएर ढुंगा बोक्छन् । विभिन्न व्यक्ति, समूह तथा संघ संस्थाले पनि मेयर साम्पाङको यो अभियानलाई साथ दिएका छन् ।

धरानबासीलाई आफ्नो कार्यकालमा जसरी भए पनि पानी खुवाउने वाचा गरेका मेयर साम्पाङ आफैँ शारीरिक श्रममा जुटेका छन् । आफ्ना हरेक गतिविधिलाई फेसबुकमार्फत निरन्तर अपडेट गरिरहने मेयर साम्पाङलाई शनिबार ढुंगाकै कोशेली प्राप्त भएको उल्लेख गरेका छन्  ।

एक ८५ वर्षीया वृद्ध महिलाले मेयर साम्पाङलाई दिनू भनेर एक ढुंगा पठाएको मेयर साम्पाङले फेसबुकमा उल्लेख गरेका छन् ।

साम्पाङले फेसबुकमा भावुक स्टाटस लेखेका छन्, ‘आज ८५ वर्ष पुग्नुभएको एक वृद्धा आमाले मलाई सघाउन आउँदा खोला तर्न नसकेर पारिबाटै एउटा ढुंगा टिपेर ‘हर्क साम्पाङलाई दिनू है’ भनेर पठाको कुरा सुन्दा झन्डै भक्कानिएँ । गहिरो छ मर्म ।’

साभार-फरकधार

२०७९ भाद्र २५, शनिबार प्रकाशित 1 Minute 53 Views

ताजा समाचार