२०७९ चैत्र १५ बुधबार

भारतले माल्दिभ्सलाई हरायो ९–० ले, पाकिस्तान हार्‍यो बंगलादेशसँग

काठमाडौं । भारत राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा माल्दिभ्सलाई ९–० ले हराउँदै भारत अन्तिम चारमा पुगेकाे हाे ।

भारतलाई जित दिलाउन अन्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै डाङमेई ग्रेसले दुई गोल गर्दा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक एक गोल गरिन् ।

भारतको यो लगातार दोस्रो जित हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो ।

जितसँगै समूह ए को भारतले २ खेलमा ६ अंक जोडेको छ ।  भारत शीर्ष स्थानमा रहेको छ । भारतको जितसँगै बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुवै टिम आपसमा भिड्नुअघि नै सेमिफाइनलमा पुगेका हुन् । अन्तिम खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

बंलादेशले शनिबारको पहिलो खेलमा पाकिस्तानलाई पराजित गयो । बंगलादेशले पाकिस्तानलाई ६–० ले पराजित गरेको हो । बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल गरिन् ।

खेलको ३५ औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा ५९ औं मिनेटमा सबिनाले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

त्यसपछि खेलको ७७ औं मिनेटमा रितुले गोल गर्दै बंलादेशलाई ६–० को जित दिलाइन् । बंलादेशको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा बंलादेशले माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३–० गोलको हार व्यहोरेको थियो ।

२०७९ भाद्र २५, शनिबार प्रकाशित 0 Minutes 55 Views

ताजा समाचार