
काठमाडौंको बल्खुमा आज गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका २२ वटा टाटा सुमो जिपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा गरिएको चेकिङको क्रममा ह्याण्ड ब्रेक नभएका २२ वटा टाटा सुमो जीपलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
यन्त्रणमा लिएका मध्ये १४ ओटा टाटासुमोलाई आवश्यक कारवाहीको लागी यातायात व्यवस्था विभाग मिनभवन पठाईएको र बाँकी ८ वटा ट्राफिक प्रहरी प्रभात किर्तिपुरमा राखिएको छ ।
अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दु*र्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आज बिहानैदेखि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको कमाण्डमा ट्राफिक प्रहरीको टोली बल्खु क्षेत्रमा खटिएको थियो ।
२०७९ भाद्र २७, सोमबार प्रकाशित
0 Minutes
47 Views