२०७९ आश्विन १० सोमबार

साउदी अरबमा झण्डै ४ करोड ७० लाख चक्की लागूऔषधसहित ८ जना प*क्राउ

काठमाडौँ- साउदी अरबमा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध एम्फेटामाइनसहित आठ जना प*क्राउ परेका छन् । प*क्राउ पर्नेमा ६ जना सिरियाली नागरिएक एवम् दुई जना पाकिस्तानी रहेको साउदी अरबको सरकार सञ्चालित साउदी प्रेस एजेन्सीले जनाएको छ ।

साउदी अरबको लागूऔषध नियन्त्रण महानिर्देशनालयका अनुसार रियादस्थित एक गोदाममा छापा मार्दा ४ करोड ६९ लाख १६ हजार ४ सय ८० चक्की एम्फेटामाइन बरामद भएको हो । यसलाई साउदी अरबमा लागूऔषध विरुद्धको कारवाहीमा सबैभन्दा ठूलो सफलताको रुपमा हेरिएको छ ।

पिठोको थुप्रोमा लुकाएर तस्करहरुले उक्त परिमाणको लागूऔषध रियादस्थित सुख्खा बन्दरगाह कटाउन सफल भएको जनाइएको छ ।

खाडी मुलुकहरुमा एम्फेटामाइनको ठूलो स्तरमा कारोबार हुने गरेको बताइन्छ । खासगरी धनाढ्य वर्गका युवाहरुले यसको प्रयोग गर्ने गरेको पाइएको छ ।

२०७९ भाद्र २७, सोमबार प्रकाशित 1 Minute 67 Views

ताजा समाचार