२०७९ आश्विन २१ शुक्रबार

यस्तो ठाउँ जहाँ पुरुषले दुई विवाह गर्नैपर्छ, अस्वीकार गरे कारबाहि !

विवाह तथा यसमा हुने धार्मिक कर्मकाण्डका विषयमा संसारका विभिन्न ठाउँमा आफ्नो धर्म संस्कार तथा परम्परा अनुसारका चालचलन छन् ।पहिले पहिले पुरुषले बहुविवाह गर्ने आम चलन रहेपनि संसारबाट अहिले यो प्रथा विस्तारै हट्दै गएको छ र धेरै देशमा त बहुविवाह गैरकानूनी नै बनेको छ ।

तर एउटा देश यस्तो छ जहाँ अहिलेपनि पुरुषहरुले दुई विवाह गर्नैपर्ने कानून छ । कानूनी रुपमै पुरुषहरुलाई दुई विवाहको अनिवार्य व्यवस्था गरिएको छ । त्यहाँ दुई विवाह गर्न नमान्ने पुरुषलाई कानूनी कारवाही हुन्छ ।


अफ्रिका महादेशको इरिट्रिया नामक देशमा पुरुषहरुले दुई विवाह गर्नु अनिवार्य छ । दुई विवाह गर्न नमान्ने पुरुषहरुलाई सजायँ स्वरुप जन्मकैद समेतको सजायँ हुनसक्दछ ।

महिलाहरुले पनि पतिलाई दोश्रो विवाह गर्नबाट रोक्न पाउँदैनन् र त्यस्तो प्रयास गरेमा उनीहरुलाई पनि कारवाही हुन्छ ।यस्तो अनौठो प्रथा कायम हुनुको खास कारण बताइएको छ । देशमा पुरुषको तुलनामा महिलाको संख्या धेरै भएकाले हरेक पुरुषलाई दुईवटा महिलासँग बिहे गर्न बाध्य पारिएको हो ।


सो देशमा लैंगिक अनुपातमा पुरुषको संख्या निकै कम छ । त्यसैलाई सन्तुलन गर्नका लागि दुई विवाहको कानून बनाइएको हो ।त्यहाँका पुरुषले चाहुन् वा नचाहुन्, खुसी होउन् वा दुखी उनीहरुले दोश्रो विवाह गर्नैपर्दछ र दुईवटी पत्नीलाई सम्हाल्नै पर्दछ ।

२०७९ भाद्र ३०, बिहीबार प्रकाशित 0 Minutes 50 Views

ताजा समाचार