२०७९ आश्विन १० सोमबार

हलवालालाई रातभरी फिल्म देखाउन राेक, विकास बाेर्डले ताेकिदियाे समय

हलवालालाई रातभरी फिल्म देखाउन राेक, विकास बाेर्डले ताेकिदियाे समय

काठमाडौंः चलचित्र विकास बोर्डले राति ११ बजेसम्म चलचित्रको शो सक्न निर्देशन दिएको छ।

बिहीबार एक सार्वजनिक सूचना निकालेर बोर्डले चलचत्रको प्रदर्शन समय विहान ६ बजेदेखि राति ११ बजेसम्म बनाउन निर्देशन दिएको हो।

त्यस बाहेकको समयमा फिल्म देखाउनुपर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट लिखित स्वीकृति लिई सोको लिखित जानकारी बोर्ड र सम्बन्धित आन्तरिक राजश्व कार्यालय वा करदाता कार्यालयलाई गराउनुपर्ने उल्लेख छ।

यसअघि दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ प्रदर्शनमा आउँदा चलचित्र प्रदर्शकले रातभरी हल खुला राखेर फिल्म देखाएका थिए। यो निर्णयसँगै प्रदर्शकले तोकिएको समयमा मात्र फिल्म देखाउनुपर्नेछ।

यस्तै, बोर्डले कात्तिक १ गतेदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर)का लागि बोर्डमा सिफारिस लिन चलचित्र प्रदर्शन हुने मितिभन्दा सात दिनअगावै दरखास्त पेश गर्नसमेत सूचित गरेको छ।

बोर्डको यो निर्णयले विदेशी फिल्म ल्याउने वितरकहरूको टाउको दुखाइ बनेको छ। उनीहरूले सामाजिक सञ्जालमार्फत बोर्डको यो निर्णयको विरोध थालिसकेका छन्।

२०७९ भाद्र ३०, बिहीबार प्रकाशित 0 Minutes 28 Views

ताजा समाचार