
अभियान नचलाए डेंगु अझै बढ्ने
काठमाडौँ — डेंगु सं*क्रमण बढी देखिएका स्थानमा लामखुट्टेको फुल र लार्भा न*ष्ट नगरिए सं*क्रमण अझ बढ्ने विज्ञहरूले बताएका छन् । अहिलेकै अवस्थामा संक्र*मण मत्थर नहुने र आगामी वर्ष अझ व्यापक रूपमा सं*क्रमण देखिन सक्ने उनीहरुको भनाइ छ । उपत्यकालगायतका ठाउँमा लामखुट्टेको फुल र लार्भा खोज्ने ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान नभएकामा पनि उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

ललितपुरमा लामखुट्टेको फुल र लार्भा खोज्दै स्वास्थ्यकर्मी ।अर्कातिर, डेंगु सं*क्रमण तीव्र बनेका बेला सिटामोलको अभाव सुरु भएको छ । अहिले राजधानीका अधिकांश फार्मेसीमा नै सिटामोल पाइँदैन । फार्मेसी सञ्चालकहरू एक महिनायता सिटामोल आउन छाडेको बताउँछन् ।
हालसम्म डेंगुबाट ११ जनाको ज्यान गइसकेको छ भने ११ हजारभन्दा बढीमा संक्र*मण देखिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार उच्च जोखिममा रहेका १० जिल्लामा मात्र ९ हजार २ सय २६ वटा केस देखिएको छ । उच्च जोखिममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रूपन्देही, दाङ, धादिङ, तेह्रथुम, काभ्रेपलाञ्चोक र चितवन रहेका छन् । ती जिल्लामा जनवरीयता ६ महिनासम्म ५१ जनामा डेंगु देखिएको थियो । पछिल्लो अढाई महिनामा भने संक्र*मणको केस ह्वात्तै बढेको छ । ‘डेंगु दिनहुँ बढ्दो छ तर मैले आफ्नो क्षेत्र शान्तिनगरमा सर्च एन्ड डिस्ट्रोय अभियान भएको देखकै छैन,’ ईडीसीडीका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले डेंगु सार्ने लामखुट्टेको फुल र लार्भा न*ष्ट गर्ने अभियानबारे धेरै पहिले नै संघीय मन्त्रालयमा परिपत्र गइसकेको बताए । उक्त पत्रमा वडाध्यक्षको संयोजकत्वमा समिति बनाएर वडा स्तरबाट हरेक घरभित्र र बाहिर सर्च एन्ड डिस्ट्रोय अभियान सुरु गर्नेबारे जानकारी गराइएको छ । स्वास्थ्य मन्त्रालयकै एक अधिकारीले उपत्यका र बाहिरका पालिकाले नाम मात्रको अभियान चलाएको बताए । ‘अन्य ठाउँको के कुरा गर्नु, काठमाडौं महानगरले समेत हालसम्म अभियानको रूपमा डेगु संक्र*मणको चक्र तोड्ने काम गर्न सकेको छैन,’ उनले भने ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, अनुगमन अनुसन्धान समन्वय शाखा प्रमुख डा. प्रकाश ज्ञवाली फुलबाट प्युपा र यसबाट लामखुट्टे बन्ने चक्र नतोड्दासम्म डेंगु नियन्त्रणमा नआउने बताउँछन् । ‘टोलटोलमा लामखुट्टे सर्च एन्ड डिस्ट्रोय गर्ने वा आवश्यकताअनुसार फगिङ, स्प्रे गर्न छाडेर सरकार विज्ञप्ति निकालेर बसेको छ,’ उनले भने, ‘यसरी डेंगु नियन्त्रण हुँदैन, न त उपचार सुविधा दिएर नै रोकिन्छ ।’
ईडीसीडीको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु नियन्त्रण गर्ने प्राथमिक हतियार नै सर्च एन्ड डिस्ट्रोय हो । ‘स्थिति विश्लेषण गरेर फगिङलगायतका प्रक्रियामा समेत जान सकिन्छ । धेरै प्रकोपको अवस्थामा इन्डोर फगिङ गर्न सकिन्छ,’ उनले भने ।
ईडीसीडीले सुरुमै पालिकाका पदाधिकारीलाई डेंगुबारे अभिमुखीकरण दिएको र यसका लागि टोली खटिएको निर्देशक डा. चुमनलाल दासले बताए । ‘हामीले प्राविधिक सल्लाह र सहयोग मात्र दिने हो । यसका लागि बजेटसमेत दिइसकेका छौं,’ उनले भने । उनका अनुसार डेंगु सार्ने लामखुट्टे घरभित्रबाहिर घुमिरहे पनि लार्भा र फुल पानीमा रहन्छ । यस पटक न*ष्ट हुनबाट जोगिएका फुल पुन: अर्को वर्ष पानीको सम्पर्कमा आउनासाथ लामखुट्टे बन्ने सम्भावना रहन्छ । लामखुट्टेको फुल ८–९ महिनाभन्दा बढी समय बाँच्न सक्छ ।
सन् २०१९ मा १७ हजार ९ सय ९२ जना सं*क्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृ*त्यु भएको थियो ।