२०७९ चैत्र १५ बुधबार

नेपाली सेनामा भर्ना हुने सूवर्ण अवसर, ठूलो संख्यामा दरखास्त आव्हान !

काठमाडौं,  नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी)मा भर्ना खोलेको छ । सेनाले लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ सेनानी पदका लागि दरखास्त आव्हान गरेको हो ।

जसमध्ये खुलातर्फ ११७ सिट रहेको छ । महिलातर्फ २२, आदिवासी, जनजातीतर्फ ३०,मधेसीतर्फ २८,दलिततर्फ १४ र पिछडिएका क्षेत्रतर्फ ७ सिट रहेको छ । बाँकी ११ सिट सैनिक तालिम वा कर्तव्य पालनाको क्रममा शारिरिक रुपमा अशक्त ज्यान गुमाएका सेनाका सन्ततीका लागि छुट्याइएको छ ।

भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ। आजदेखि असोज ३० सम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।

 

२०७९ भाद्र ३१, शुक्रबार प्रकाशित 1 Minute 49 Views

ताजा समाचार