२०७९ आश्विन २१ शुक्रबार

सिन्धुलीमा नयाँ मोडलको ‘पल्सर एनएस १२५’ लन्च

सिन्धुलीमा नयाँ मोडलको ‘पल्सर एनएस १२५’ लन्च

 

सिन्धुली – प्रसिद्ध मोटरसाइकल, स्कुटर उत्पादक कम्पनी बजाजले उत्पादन गरेको नयाँ मोडलको मोटसाइकल ‘पल्सर एनएस १२५’ को शुक्रबार क्षितिज ईन्टरप्राईजेज कमलामाई ६ रातमाटा सिन्धुलीमा बिहिवार र लन्च गरिएको छ ।

नेपाली बजार र चाडपर्वलाई लक्षित गरेर कम्पनीले आधाको आधामा फाइनान्स सुविधा सहितको नयाँ मोडलको बाइक बजारमा ल्याएको हो । पल्सर सिरिजको सबैभन्दा कम सीसी क्षमताको यो बाइकको लुक्स तथा डिजाइन यसअघिको एनएस १६० र एनएस २०० जस्तै छ । तर, पिकअपमा केही फकपन देखिए पनि अन्य विशेषताहरु भने लगभग उस्तै रहेको क्षितिज ईन्टरप्राईजेज प्रबन्धक हरि बहादुर रोक्काले बताउनु भयो । उहाँले अनुसार सस्तो मुल्यमा पाइने पल्सर एनएस १२५ सवैको पहुँचमा रहेकाले पनि बजारमा माग बढ्ने आशा व्यक्त गर्नु भयो ।

उहाँका अनुसार नयाँ मोडल एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ पर्ने छ । चार्डवाडको अवसरमा कम्पनीले आधाको आधा अफर अनुसार मोटरसाइकलको कुल लागतको चार भागको एक भाग रकम जम्मा गरेर फाइनान्स गर्न सकिने छ । एउटा मोटरसाइकल खरिदमा ७ हजार छुट व्यवस्था गरेको छ ।

पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको छ । एनएस १२५ मा १२४।४५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्यांक, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

ट्यांगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५ मा दिएको छ

साथै, शोरुमले यहि असोज ३ गतेदेखि ७ गतेसम्म फ्रि सर्भिस क्याम्पको समेत आयोजना गरेको छ । सो अवसरमा लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा २५ प्रतिशत, स्पियर पार्टस्मा १० प्रतिशत र युरोग्रिप टायर्समा १० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।

२०७९ भाद्र ३१, शुक्रबार प्रकाशित 1 Minute 59 Views

ताजा समाचार