
पहिलो हाफमा भारतले नेपालमाथि लगातार दबाब बनाएको थियो तर फिनिसिङ गर्न सकेन । प्रिति राईले ३३ औं मिनेटमा बक्स बाहिरबाट हानेको भलि प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । यसअघि २०१६ मा नेपाल र भारतले सेमिफाइन्ल खेलेका थिए । जसमा नेपाल पराजित भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
हालसम्म साफमा नेपालले भारतलाई हराउन सकेको छैन । बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १–० ले पराजित भएको थियो । दोस्रो, तेस्रो र पाँचौं संस्करणमा क्रमशः ३–१, ६–० र ३–१ को नतिजामा हारेको थियो । चौथो साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३–१ को नतिजा सुम्पेको थ
आजै भएको पहिलो पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोल अन्त्रले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । बंगलादेशले पहिलो हाफमा चार र दोस्रो हाफमा तीन गोल गर्यो । ऊ अपराजित रहँदै फाइनल पुग्यो । बंगलादेशले दोस्रोपटक फाइनलको यात्रा गरेको हो ।
ऊ अघिल्लोपटक सन् २०१६ को साफमा फाइनल पुगेको थियो । यद्यपि बंगलादेशले उपाधि भने जित्न सकेको छैन । योसँगै बंगलादेशले इतिहास रचेको छ । उसले हालसम्मकै फराकिलो गोल अन्तरका साथै फाइनल प्रवेश गर्दै इतिहास***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****