
नकरात्मक कमेन्ट आएपछि समिक्षा अधिकारीले हटाइन फेसबुक पोष्ट
बुधबार गायिका समिक्षा अधिकारीले आफूले अदालतले दिलाइदिएको १० लाख रुपैयाँ क्ष*तिपूर्ति नलिने आसयको एक स्ट्याटस राखिन ।गायिका अधिकारीको उक्त स्ट्याटसमा सकरात्मक भन्दा पनि न*करात्मक कमेन्टहरू आउन थालेपछी उनी उक्त स्ट्याटस डिलिट गर्न बाध्य भएकी छिन् ।
सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा नकरात्मक प्रभाव परेको उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म बिगत लामो समयदेखि एउटा दु:खद् घट*ना भोगिरहेकी छु ।’
उनले आफूले अदालतसमक्ष पैसाको रकम वा क्ष*तिपूर्ति बापत कुनै रकम माग नगरेको स्पष्ट पारेकी थिइन् ।जिल्ला अदालत नवलपुरले पीडकबाट रु दश लाख क्ष*तिपूर्ति दिलाइने फैसला गरेकोमा आफूलाई उक्त रकम लिने मनसाय नभएको पनि उल्लेख गरेकी थिइन् ।
गायिका अधिकारीले मङ्गलबार साँझ राखेको फेसबुक स्ट्यास जुन अहिले हटाइएको छ ।अहिले भने अधिकारीको फेसबुक टाइमलाइनबाट उक्त स्ट्याटस हटाइएको छ ।