२०७९ चैत्र १५ बुधबार

पानीमुनि भेटियो भगवान विष्णुको दुर्लभ मुर्ति, ॐ लेखी भेटी स्वरुप एक सेयर गरौ

पानीमुनि भेटियो भगवान विष्णुको दुर्लभ मुर्ति, ॐ लेखी भेटी स्वरुप एक सेयर गरौ

हिन्दू धर्मका आराध्य देव मानिने भगवान विष्णुको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ। भगवान विष्णुलाई यो संसारको पालण कर्ता मानिन्छ जसले यो शृष्ठी चलाएको मानिन्छ। हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अंग हुन्।

भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो भने भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन्। जब जब पृथ्वीमा पा-प बढ्दै गयो ह’त्या हिँसा लुटपाट चोरी डकैती आदी खराब कर्मको वृदी भयो तब तब भगवान विष्णु कुनै न कुनै रूपमा पृथ्वीमा जन्मिए।

पापिहरू नाश गरेर धर्मको उदार गरे। हिन्दू धर्मका अनुसार भगवान विष्णुका रूप नाम अनंत छन्। तर पृथ्वीमा जन्म लिएको आधारमा विष्णुका २४ वटा अवतार मानिन्छन्।

मत्स्य अवतार: मत्स्य माँछा अवतारमा भगवान विष्णुले प्रलयकालमा फसेको पृथ्वीमा मानव रक्षा गरेका थिए भन्ने मानिन्छ। यसका साथै हयग्रीव नाम गरेको राक्षसले एकपटक सबै वे’दहरूलाई चोरेर समुन्द्रमा लुकाई दिएको थियो । त्यस बेला भगवान विष्णुले मत्स्य अवतार धारण गर्नुभयो र त्यस अवतारमा आएर ती वेदहरूलाई पुन प्राप्त गरेर ती वेदहरूको रक्षा गर्नुभयो भनेर भनिन्छ।

कूर्म अवतार: कूर्म अवतारमा भगवान विष्णुले कछुवाको रूप धारण गर्नुभएको थियो । यस अवतार धारण गरेर उनले समुन्द्र मंथन गरि रहेका देवता र दैत्यहरूको सहयोग गरेका थिए भनेर धर्म ग्रन्थहरुमा भनिएको छ।

नरसिंह अथवा सिंह अवतार: नृसिँह अवतारमा भगवान विष्णुले हिरण्यकशेपु नामको दैत्यलाई मारेर पृथ्वीको उदार गर्नाको साथै तीनका छोरा र विष्णुका भक्त प्रहलादलाई ज्ञान दिएका थिए ।

वामन अवतार: वामन अवतारमा भगवान विष्णुले राजा ब-लीले गरी रहेको राजा इन्द्रको स्वर्गको राज्य फिर्ता गराएर राजा ब-लीको पनि उदार गरेका थिए भनेर भनिन्छ।

परशुराम अवतार: परशुराम अवतारमा भगवान विष्णुले २१ पटक पृथ्वीमा घुमी घुमी पापी क्षेत्रीयहरूको नास गरेर धर्मको रक्षा गरेका थिए भनेर धर्म ग्रन्थहरुमा पढ्न पाइन्छ।

राम अवतार: राम अवतार भगवान विष्णुको एक निकै रोचक तथा चर्चित अवतार हो । रामको अवातार लिएर भगवान विष्णुले रावण आदी ठूला ठूला राक्षसगणहरूलाई मा-रेर पृथ्वीको उदार गरेका थिए।

कृष्ण अवतार: श्रीकृष्ण भगवानलाई पनि भगवान विष्णुकै अवतार मानिन्छ । श्रीकृष्णको अवतारमा भगवान विष्णुले संसारलाई पिरोलेका कं-स आदी ठूला ठूला असुरगणहरूको सँ-हार गर्नाको साथै कु-रुक्षेत्रमा महाभारतको यु-द्ध गराएर पृथ्वी भरका पा-पीहरूको नास गराएका थिए भनेर भनिन्छ।

बुद्ध अवतार: हिन्दू धर्म अनुसार भगवान विष्णुको दश अवतार मध्य बुद्धको अवतार पनि एक हो। विभिन्न पुराणहरूका अनुसार बुद्धको रूपमा भगवान विष्णुले दानवहरूलाई अवैदिक शिक्षा दिएर बेद धर्मबाट च्युत बनाई दुर्वल तुल्याई देवताहरूको रक्षा गर्नुभएको थियो। विष्णु पुराण देखि शुरू भइ क्रमशः अग्नी पुराण, मत्स्यपुराण, पद्मपुराण आदि विभिन्न पुराणहरूमा बुद्ध अवतारका कथाहरु उल्लेख भएको पाइन्छ ।

कल्की अवतार: हिन्दू धर्मका अनुसार भगवान विष्णुले यो अवतार अहिलेसम्म धारण गरिसकेका छैनन् । भगवान विष्णुले यस कल्की अवतारलाई भविष्यमा धारण गर्ने बताइएको छ। कल्की अवतार कलियुगको अन्त्य तिर धारण गर्ने भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ। कल्कि अवतार लिएर विष्णु भगवानले दु-ष्टहरूको ना-श गरेर धर्मको रक्षा गर्ने छन् भनेर धर्मशास्त्रहरुमा भनेको पाइन्छ।

२०७९ आश्विन १, शनिबार प्रकाशित 1 Minute 190 Views

ताजा समाचार