२०७९ चैत्र १५ बुधबार

अष्टेलियाको सिड्नीमा नेपालीको घरमा आ*गलागी, २ जना विद्यार्थी घाइ*ते

अष्टेलियाको सिड्नीमा नेपालीको घरमा आ*गलागी, २ जना विद्यार्थी घाइ*ते

सिड्नी- बुधबार विहान तीन बजेतिर सिड्नीको हर्जभिलस्थित नेपालीको युनिटमा आ*गलागी हुदा २ नेपाली विद्यार्थी घा*इते भएका छन् ।एक बिद्यार्थी सक्त घा*इते भएका छन्भने अर्का एक विद्यार्थी सामान्य घाइते छन् ।बुटवल स्थाई घर भएका २१ वर्षिय नेपाली विद्यार्थीको दुबै हात र घाटीमा आ*गोले पो*लेको छ ।

उनको रोयल नर्थसोर अस्पतालको आइसियुमा उपचार भइरहेको छ । अर्का घा*इते विद्यार्थी भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।दुइ कोठाको युनिटमा तीन जना नेपाली विद्यार्थीहरु बस्दै आएका थिए । एक जना असाइनमेन्ट गर्न साथीको घरमा गएकाले घ*टना भएको रात युनिटमा दुइ जना मात्र सुतेका थिए ।

ग*म्भीर घा*इते विद्यार्थी राति दुइ बजेतिर काम सकेर घर आई बैठक कोठाको सोफामा कम्मल ओडेर सुतेका थिए । आगलागी भने कोठामा बालिएको हिटरबाट सल्किएको बताइएको छ ।आ*गो सल्किएपछि कोठामा सुतेका विद्यार्थी हतार हतार घर बाहिर निस्किएका थिए ।

फायर एण्ड रेस्क्यु न्यु साउथ वेल्सले जारी गरेको विज्ञप्ती अनुसार फा*यर फाइटरहरुले सोफामा कम्मलभित्र बेहोस भएका विद्यार्थीलाई चिन्ताजनक अवस्थामा उद्दार गरिएको हो । स्मोक अलाम बजेपछि तीन तले भवनमा बस्ने अन्य २० जना बाहिर निस्किएका थिए भने केहीलाई प्रह*रीले ढोका ढकढकाएर उठाएको विज्ञप्तीमा भनिएको छ ।

सबै बाहिर निस्किएपछि फायर फाइटरहरु कोही छुटेकी भनेर खोज्न जादा भने सोफामा कम्मलभित्र बेहोस् अवस्थामा नेपाली विद्यार्थी भेटिएका हुन् ।घ*टनाको प्रह*रीले अनुसन्धान गरिरहेको छ । सक्त घाई*ते नेपाली विद्यार्थीको अवस्था सुधारउन्मुख रहेको र अहिले होस आइसकेको गैर आवासिय नेपाली संघ न्यु साउथग वेल्सका संयोजक देव गुरुङले जानकारी दिनुभयो ।

चिकित्सकले ती विद्यार्थीको हात, घाटी र अनुहारमा १२ प्रतिशत जति ज*लेको र अवस्था सुधारउन्मुख भएको जानकारी गराएको गुरुङले बताउनुभयो । घा*इतेलाइ भेट्न गुरुङसंगै न्युसाउथ वेल्सका नेपाली महावाणिज्यदूत दीपक खड्का पनि अस्पताल पुग्नुभएको थियो ।

उहाँहरुले आवश्यक सबै सहयोग गर्ने बाचा गर्नु भएको बताइएको छ । केही महिना अघि सिड्नीस्थित पारामाट्टामा रेष्टुरेन्टमा आ*गलागी हुदा एक नेपाली विद्यार्थीको नि*धन भएको थियो ।

२०७९ आश्विन १, शनिबार प्रकाशित 1 Minute 54 Views

ताजा समाचार