२०७९ आश्विन २१ शुक्रबार

स्वतन्त्र उम्मेदवारले जिते पनि काम गर्न सक्दैनन् : अध्यक्ष तिमिल्सिना

स्वतन्त्र उम्मेदवारले जिते पनि काम गर्न सक्दैनन् : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।

बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताउँदै उनले अलिकति चेतना जगाउन सके पनि आमरुपमा कुनै परिवर्तन ल्याउन नसक्ने बताए । आफु राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानुनको सीमाका कारण आमरुपमा परिवर्तन ल्याउन नसकेको उनले स्वीकार गरे ।

कार्यकारी अधिकार नभएको ठाउँमा गर्ने कामहरु कम हुने भन्दै अध्यक्ष तिमिल्सिनाले पार्टीको विकल्प स्वतन्त्र उम्मेदवार नभएको बताए । सबैलाई पार्टीमा आवद्ध हुन आग्रह गर्दै उनले पार्टीलाई नै सही मार्गमा हिँडाउन भुमिका खेल्न आग्रह गरे ।

अघिल्लो पुस्ताका नेताहरुमा त्याग गर्ने क्षमता भए पनि निर्माण गर्ने कुरामा कमजोरी रहेको उनको भनाइ छ । अब देशमा विद्रोहको आवश्यकता नरहेको भन्दै उनले विद्रोह गर्नेलाई होइन, सिर्जना गर्नेलाई भोट दिनुपर्ने बताए ।

२०७९ आश्विन १, शनिबार प्रकाशित 0 Minutes 86 Views

ताजा समाचार