वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले व्यक्तिको शासनको अन्त्य गरी विधिको शासन कायम गर्न आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफ एफको २३औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यशाला गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै कलाकार श्रेष्ठले यस्तो बताउका हुन् ।
कार्यक्रममा बोल्दै उनले बालेन्द्र साहले गरेको पछिल्लो गतिविधिमा नागरिकको साथ रहेको र यहि साथलाई मनन गरेर अघि बढ्न सुझाब समेत दिएका छन् ।
त्यस्तै अर्को कलाकार आचार्यले राजधानीको नगरपिता बन्नु सानो कुरा नभएको भन्दै नागरिकको अपेक्षाअनुसार काम गर्न सुझाव दिए ।
सो अवसरमा कामपाका प्रमुख साहले आफूले केही नयाँ काम गर्न खोजेको र त्यसका लागि सबैको साथ आवश्यक भएको बताए ।
कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कामपाले सम्मानित गरेको छ ।
दुवैदाई जनही रु ५१ हजारसहित सम्मान गरिएको हो ।