
तनहुँको भिमादमा बोलेरो दु*र्घ*टना हुँदा चालकको मृ*त्यु भएको छ ।
स्याङ्जा हरिनास-५ घर भई हाल शुक्लागण्डकी-५ गल्छिना बस्दै आएका ४० वर्षीय केशबहादुर थापाको दु*र्घटनामा मृ*त्यु भएको हो । आफैले चलाएको ग ३ च २१२९ नम्बरको बोलेरो खस्दा च्यापिएर उनको मृ*त्यु भएको हो ।
ऋषिङ-भिमाद सडकखण्डको मडुवामा बोलेरो चिप्लिएर सडकदेखि करिब २५ फिट तल खसेको थियो । राती करिब ११ बजे पानी परेका चिप्लो बाटोमा गाडी अनियन्त्रित भएर खसेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।
बोलेरो सिरक डसना उद्योगका लागि पुराना कपडा बटुलेर दुलेगौंडातर्फ आउँदै गरको थियो ।
तनहुँको भिमाद मडुवामा बलेरो दु*र्घ*टना, चालकको मृ*त्यु
तनहुँ : जिल्लाको भिमाद नगरपालिका-५ मिछलुङस्थित मडुवामा बलेरो जीप दुर्घ*टना हुँदा चालकको मृ*त्यु भएको छ। ऋषिङबाट दुलेगौँडातर्फ आउँदै गरेको मल्ल सिरक डसना उद्योग दुलेगौँडाको ग ३ च २१२९ नम्बरको बलेरो जीप दुर्घ*टनामा परी चालक स्याङजा हरिनास गाँउपालिका ५ का ४० वर्षीय केशबहादुर थापाको घटनास्थलमै मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
पानी परेकाले बाटो चिप्लो भएको र जीप छेउतिर गएर दुर्घ*टना भएको प्रहरीको भनाइ छ। आफैँले चलाएको गाडीले चेपिएर चालक थापाको मृ*त्यु भएको इलाका प्रहरी कार्यालय भिमादका सही युवराज सलामी मगरले जानकारी दिए। उनका अनुसार बलेरो सडकबाट करिब २५ फिट तल खसेको छ। गाउँ-गाउँबाट पुरानो कपडा संकलन गरेर फर्किंदै गर्दा बलेरो दुर्घ*टनामा परेको हो।