२०७९ आश्विन १० सोमबार

मुलुकलाई थप पाँचजना बालेन चाहिएको छ, हजारौ नेता पाल्नुको औचित्य छैन : रमेश उप्रेती

लोकप्रिय अभिनेता रमेश उप्रेतीले मुलुकमा काम गर्ने नेताको खाँचो भएको बताएका छन् ।सदिऔँदेखि नेपाली नेताहरुले राजनीतिको नाममा लुटतन्त्र गर्दै आएको नेपालमा अब थप नेताहरु पाल्न नसकिने भन्दै अभिनेता उप्रेतीले नेपाललाई धेरै नेताको खाँचो भन्दा ५ जना बालेन शाह जस्ता नेताको आवश्यकता परेको बताएका छन् ।

सामाजिक संजालमा आफ्नो धारणा राख्दै अभिनेता उप्रेतीले भनेका छन् मुलुक लाई अब थप पाँचजना बालेन चाहिएको छ। हजारौ नेता पाल्नुको कुनै औचित्य छैन। नेपालमा रहेका अनगिन्ती पार्टीहरु र तीनका नेताहरुले भने जस्तो विकाश, शान्ती सुब्यबस्था दिन नसकिरहेको परिप्रेक्षमा आम नेपाली जनताले अभिनेता उप्रेतीले भने जस्तै दिगो विकाश खोजीरहेका बेला नेपालमा महंगीले ढाड सेकाएको छ ।

तर नेपाली नेताहरुको नजर आफ्नै बनाउने, आँफै बन्नेमा देखिँदा पढेलेका बालेन जस्ता नेताहरु आए आफ्नो भुँडी भन्दा पनि देशको ढुकुटी बढाउन तिर लागेको अहिले काँग्रेस एमालेका नेताहरुलाई नपचेको छनक देखिन्छ ।

कारण काँग्रेस एमालेहरुले अनाधिकृत रुपमा खडा गरेका संरचनाहरुमा बालेनले आँफै फिल्डमा गएर डोजर चलाइदिएपछि नेताहरुको निद्रा हराम भएको छ । र त रमेश उप्रेती, निर्मल शर्मा जस्ता स्थापित कलाकारहरुले बालेन बालेन भन्दै हिँडिरहेका छन् ।

र त जनताले पनि काँग्रेस एमालेलाई भन्दा स्वतन्त्रलाई साथ दिने लक्षण देखाइरहेका छन् । कारण हो स्वतन्त्रले स्वतन्त्र भएर विकाश गर्न सक्नेरहेछन् भन्ने उदाहरण बने बालेन, हर्क र गोपाल हमालहरु ।

यो पनि – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीले तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान नगरेको टिप्पणी गरेका छन् । उनले एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तीनकुनेको समस्या समाधान नगरी कसरी जनतामाझ जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

शाहले शनिबार सामाजिक सञ्जालमा एक स्टेटस लेख्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री हुँदासमेत आफ्नो निर्वाचन क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्यालाई समाधान नगरेकोले ‘कुन मुख देखाएर’ जनतासँग भोट माग्न जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

चुनाव आउन अझै २ महिना बाँकी रहेको र सरकार पनि आफ्नै रहेकोले समस्या समाधान गर्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन ।

अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’

२०७९ आश्विन ३, सोमबार प्रकाशित 0 Minutes 45 Views

ताजा समाचार