२०७९ आश्विन १० सोमबार

फिल्मी शैलीमा मा*रिएका लाल मोहमद : जसको पृष्ठभूमि नक्कली नोट कारोबारसँग जोडिन्छ

फिल्मी शैलीमा मा*रिएका लाल मोहमद : जसको पृष्ठभूमि नक्कली नोट कारोबारसँग जोडिन्छ

संसाँझै राजधानीमा मच्चिएको गो*ली का*ण्डले उब्जाएका प्रश्न

३ असोज, काठमाडौं । हरिवन नगरपालिका–२, सर्लाहीका लाल मोहम्मद सोमबार अपराह्न गार्मेन्टका लागि प्लास्टिक लिन काठमाडौंको जोरपाटी गएका थिए । कपडा लिन आएका ग्राहक रामप्रसाद गौतमलाई सामान दिन प्लास्टिक नपुगेपछि उनकै बा ६ च ५१५२ नम्बरको कारमा निस्किएका थिए ।

गौतमका अनुसार फर्किँएर आउँदा साढे ६ बजिसकेको थियो । उनले मोहम्मद बस्ने घर आँगनमा पार्क गर्न गाडी घुमाए । दुईजना व्यक्ति अगाडि बसिरहेका थिए । ‘साइड लाग्न’ भन्दै गौतमले गाडी अघि बढाएर रोके । रोकिने वित्तिकै मोहम्मद गाडीबाट उत्रिएका मात्र के थिए, एक्कासी झिल्कोसहित केही प*ड्किएको आवाज आयो ।

‘आवाज आउने वित्तिकै झ्यालबाट बाहिर हेरेँ, माथि रातो कपडा र तल जिन्स लगाएको युवकले पे*स्तोल ताकेर लखेटिरहेको देखेँ,’ गौतमले  भने, ‘ड्राइभरको सिटमा छु, ब*न्दुक हानी रहेको देख्छु, के गर्नु सोच्नै सकिनँ ।’ उनी भाग्न खोजे, तर मोहम्मदलाई ती आ*क्रमणकारीले लखेटिरहेका थिए ।

घटनालाई पसलबाट देखेका शंकर दाहाल कुनै फिल्ममा देखेको दृश्यझैँ लखेटी–लखेटी गो*ली हानिएको बताउँछन् । ‘चार÷पाँच पटक जति गो*ली पड्किएको आवाज आयो, मैले सटर तानेर निस्किएँ,’ उनले  भने, ‘मैले हेर्दाहेर्दै माथिबाट छोरीले पनि हाम फा*लिन् ।’

प्रत्यक्षदर्शीहरुका अनुसार मोहम्मदले गोठाटारस्थित घरको तेस्रो फ्ल्याट पुरै भाडामा लिएर ‘एभेन्जर इन्टरप्राइज’ नामक गार्मेन्ट फ्याक्ट्री चलाइरहेका थिए । त्यहीँ उनका श्रीमती, छोरीसहित अन्य सदस्य बस्दै आएका थिए ।

‘तल गो*ली हानेको देख्ने वित्तिकै तेस्रो तलाबाट सुरुमा दोस्रो तलामा रहेको टिनमा, त्यसपछि सिधै तल छोरीले हामफालिन्,’ दाहाल भन्छन्, ‘त्यसपछि उनी लखेट्दै पछि लागिन् ।’

कारका चालक गौतमले प्रहरी कन्ट्रोल १०० मा फोन गरेर गो*ली चलेको जानकारी गराए । केहीबेरमा प्रहरी आइपुग्यो, आफन्तले नजिकैको शंकरापुर अस्पताल लगे ।

छिमेकी सुस्मिता तिवारीका अनुसार बुबालाई गोली हानेको देखेपछि घरबाट फाल हानेर झरेकी छोरीले पाँच सय मिटरसम्म गो*ली हान्नेलाई पछ्याइरहिन् ।

‘एकजना मोटरसाइकल लिएर बाटो छेउमै बसिरहेका थिए,’ उनले भनिन्, ‘अर्का पनि पल्सर मोटरसाइकलमा भागेका थिए, जम्मा तीनजना थिए ।’ तर मोटरसाइकलमा भएका उनीहरुलाई छोरीले रोक्न सकिनन् । तिवारी थप्छिन्, ‘बाइकमा भएकालाई पछ्याउन सक्ने कुरै थिएन ।’

प्रहरीले घ*टनास्थलमा एउटा ‘मेड इन यूएस’ लेखेको पे*स्तोल पनि ब*रामद गरेको छ । मोहम्मदको चाहिँ शंकरापुर अस्पतालमा उपचार सम्भव भएन । टाउकोमा दुई र दाहिने तिघ्रामा एक राउण्ड गो*ली लागेका उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगियो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकका अनुसार राति चिकित्सकहरुले मोहम्मदको मृ*त्यु भएको घोषणा गरेका छन् ।

घ*टनाको अनुसन्धानमा उपत्यका अ*पराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ ।

यो पनि पढ्नुहोस

मोहम्मद कार वरिपरि भागिरहे, ह*तियारधारी समूहले गो*ली हानिरह्यो

लाल मोहम्मदका रुपमा चिनिए पनि उनको खास नाम मोहम्मद दर्जी हो ।

उनको पारिवारिक स्रोतका अनुसार मोहम्मदमाथि केही साताअघि पनि आ*क्रमणको प्रयास भएको थियो । त्यही घ*टनापछि उनले जम्बुडाँडा प्रहरी चौकीमा आफू असुरक्षित भएको भन्दै निवेदन दिएका थिए ।

मोहम्मदले राष्ट्रिय मानवअधिकार आयोग पनि निवेदन दिएको स्रोतको भनाइ छ । ‘सुरुमा प्रह*रीले निवेदनलाई गम्भिररुपमा लिएन, अहिले ज्या*नै गयो,’ परिवारका एक सदस्यले  भने, ‘प्रशासनले बेवास्ता नगरिदिएको भए सायद अहिले यो घ*टना हुने थिएन ।’

प्रहरीले मोहम्मदको घ*टनापछि उनको पृष्ठभूमिलाई केलाएर अनुसन्धान थालेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी धानुकका अनुसार उनको विगत स्वच्छ देखिएको छैन ।

‘ह*त्या अभियोगमा झण्डै १० वर्ष केन्द्रीय कारागार बसेर छुटेको रहेछ,’ धानुकले भने, ‘पछिल्लो समय चाहिँ उनको गतिविधि के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’

उनको ह*त्यालाई आतं*कवाद र अन्तर्राष्ट्रिय संगठित अपरा*ध हेर्ने नेपाल प्रहरीको विशिष्टकृत इकाइ विशेष ब्यूरोले पनि चासोका साथ हेरेको छ ।

काठमाडौं प्रहरी र अ*पराध अनुसन्धान कार्यालयका अलावा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि यो ह*त्या प्रकरणमा नजर राखेको छ । यसपछाडिको कारण मोहम्मदको विगतको विवा*दास्पद पृष्ठभूमि हो ।

जानकार स्रोतहरुका अनुसार मोहम्मद विगतमा नेपालबाट हुने जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् ।

नेपालमा युनुस अन्सारीलाई नक्कली नोट कारोबारको ‘मास्टर माइन्ड’ मानिन्छ । २०६५ सालमा पक्रा*उ परेपछि उनलाई जेलमै भारतीय ‘सार्प सुटर’ मनमित भाटियाले गो*ली हानेका थिए । तर संयोगवश उनी बाँचेका थिए ।

युनुस जे*ल गएपछि नेपालमा नक्कली नोट कारोबारको र्‍याकेट सम्हालेका इल्ताफ हुसेन अन्सारीको समूहमा बसेर सोमबार मारिएका लाल मोहमदले काम गरेको स्रोतको दाबी छ ।

प्रहरी उच्च स्रोतका अनुसार मोहमदले इल्ताफसँग मिलेर २० असार २०६४ मा अनामनगर–बानेश्वर पुल नजिक बलराम पटुवारको ह*त्या गरेका थिए । बलराम पनि नक्कली नोट कारोबारी भएपनि समूहगत द्व*न्द्वका कारण उनी मा*रिएको बताइन्छ ।

त्यसबेला अनुसन्धानमा खटिएका हालका एक प्रहरी उपरीक्षक (एसपी) भन्छन्, ‘त्यस घट*नामा लाल मोहमद कन्ट्याक्ट किलरका रुपमा प्रयोग गरिएका थिए ।’ इल्ताफले पछि अदालतबाट यो घ*टनामा सफाइ पाएका थिए ।

लाल मोहमद चाहिँ लामो समय जेल बसेर छुटेको प्रहरी अधिकृतहरु बताउँछन् । घ*टनामा बाहिद खान, बडे भाइ भनिने असरफ अली, उपेन्द्र चौधरी लगायत पनि संलग्न थिए ।

इल्ताफ हुसेन अन्सारी, जसको समूहमा बसेर सोमबार मारिएका लाल मोहमदले काम गरेका थिए । इल्ताफ हाल जे*लमा छन् ।

युनुस, इल्ताफले रोजे सेफसाइड, मा*रिए लाल मोहम्मद

विशेष ब्यूरोको एक रिपोर्ट अनुसार लाल मोहमदले नेपालमा नक्कली नोट कारोबारको बीचको लेयरका रुपमा काम गरेका थिए । त्यही कारण उनी भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को र्‍याडरमा परिरहेका थिए ।

भारतीय सुरक्षा अधिकृतहरुले नेपाली सुरक्षा अधिकारीहरुसँग उनीबारे समयसमयमा जिज्ञासा राख्ने गरेका थिए । त्यही कारण उनलाई प्रहरीले ‘रेड’ लिस्टमा राखेर निगरानी पनि गरिरहेको थियो । रोचक कुरा त मोहमद जसका लागि काम गर्थे, तिनै व्यक्ति इल्ताफ हुसेन अन्सारी चाहिँ २९ साउन २०७७ मा अपत्यारिलो तरिकाले पक्रा*उ परेका थिए ।

‘फेक करेन्सी किङ’ भनेर चिनिने अन्सारी नक्कली १५ किलो सुन बोकेर गाडीमा हिँडेको प्रहरी अनुसन्धानले देखाएको थियो । तर उनीजस्तो आ*पराधिक दुनियाँका खेलाडी नक्कली सुन नै बेच्नुपर्ने अवस्थामा किन ५७ लाख खर्चेर चाँदीमा जलप लगाएर बोकेर हिँडे भन्ने प्रश्नको जवाफ प्र*हरीले भेटेको थिएन ।

अझ इल्ताफ जस्तो खुंखार अपराधी बन्दाबन्दीको बेला किन आफैं गाडी चढेर ‘सुन’ लिएर भारत जान खोजे भन्ने प्रश्न पनि अनुत्तरित थियो । त्यसैले इल्ताफको सुनमा कनेक्सनलाई अपत्यारिलो मानिन्छ र उनले आफूलाई थ्रेट महसुस गरेका कारण पक्राउ पर्ने बाटो रोजेको हुनसक्ने विश्लेषणसमेत गरिन्छ ।

२०७९ आश्विन ४, मंगलवार प्रकाशित 0 Minutes 78 Views

ताजा समाचार