
फैजानदेखि लाल मोहम्मद का*ण्ड : नेपालमा रअ र आईएसआईबीच ‘प्रोक्सी वा*र’
सभासद् मिर्जा दिलसाद बेगपछि दुई दशकमा दश नेपाली नेपाली नागरिकमाथि अज्ञात गिरोहले गो*ली दागेको छ । उनीहरु आईएसआई एजेन्ट भएको भारतीय पक्षको दाबी हुन्छ, तर नेपाल प्रहरी कहिल्यै घ*टनाको चुरो कुरोसम्म पुग्न सक्दैन ।
भारतविरुद्ध गतिविधि गरेको अभियोगमा सुनसरीको हरिनगर गाउँपालिकामा खुर्सिद अन्सारी मारिएको चार वर्षपछि फेरि काठमाडौंमा उस्तै आरोपमा अर्का नेपाली नागरिक मा*रिएका छन् ।
सोमबार साँझ साढे ६ बजे गोली हानी मारिएका लाल मोहम्मदमाथि भारतीय पक्षले आफ्नो मुलुकविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै आएको थियो । भारतको खुफिया निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ) ले उनलाई भारतीय जाली नोटको कारोबारमा संलग्न रहेको दाबी गर्ने गरेको थियो ।
यही आरो*पमा केही अघि नेपाल प्रहरीलाई मोहम्मदलाई हस्तान्तरण गरिदिन भारतीय अधिकारीहरुले प्रस्ताव गरेको उच्च सुरक्षा स्रोतको दाबी छ । त्यसबेला मुम्बईका अन्डरवर्ल्ड डन दाउद इब्राहिमका सहयोगी इजाज लकडावालालाई नेपाल प्रहरीले गुपचुप हस्तान्तरण गरेको थियो । नेपाली नागरिक मोहम्मदलाई चाहिँ हस्तान्तरण गर्न इन्कार गरेको थियो ।
मुम्बई प्रहरीको क्राइम ब्रान्चको एन्टी एक्स्टर्सन सेल (एईसी) ले उनलाई नेपालबाट पक्राउ गरेर भारत लगेको थियो । त्यसबेला उनलाई पटना विमानस्थलमा पक्रा*उ गरिएको भन्दै भारतमा सार्वजनिक गरिएको थियो ।
‘नेपाली नागरिकको हकमा हस्तान्तरण गर्ने भन्ने हुँदैन, तर उनीहरुले चासो देखाएका व्यक्तिप्रति निगरानी गरिरहेका हुन्छौं,’ विशेष ब्यूरोका एक अधिकृत भन्छन्, ‘मोहम्मद पनि तिनैमध्येका एक थिए ।’
स्रोतका अनुसार २५ भदौमा मोहम्मदले आफू असुरक्षित भएको भन्दै प्रहरी बिट जम्मुडाँडामा निवेदन दिएका थिए । प्रहरीका अनुसार त्यसको अघिल्लो दिन उनीमाथि आ*क्रमण भएको थियो । उपचारका लागि मोहम्मद शंकरापुर अस्पताल पुगेका थिए ।
अस्पतालका निर्देशक डा. रमेश ढकालका अनुसार त्यसबेला मोहम्मद अस्पतालको आउट प्यासेन्ट डिपार्टमेन्ट (ओपीडी) मा उनी भर्ना भएका थिए ।
लाल मोहम्मदलाई उनी बस्ने घर अगाडि कारबाट ओर्लिने वित्तिकै सोमबार साँझ साढे ६ बजे गोली हा*निएको थियो ।
‘त्यसबेला ढाडमा खोस्रिएको जस्तो चोट मात्र देखिएको थियो, दु*र्घटना भएजस्तो देखिन्थ्यो,’ अस्पतालका अर्का एक चिकित्सक भन्छन्, ‘त्यो गो*लीको घाउ थिएन ।’ प्रहरी चाहिँ त्यो गो*लीको छर्राका कारण भएको घाउ हुनसक्ने र दोस्रो आ*क्रमणको प्रयासमा उनी सोमबार मा*रिएको हुनसक्ने आशंका गर्छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी नायब उपरीक्षक (डीएसपी) का अनुसार मोहम्मदलाई गो*ली हान्ने व्यक्ति नजिकै रहेको कोशीपारि गेष्ट हाउस एण्ड होटलमा तीन दिनदेखि बसिरहेका थिए । होटल नजिकै रहेको कवाडी पसलका मालिकका साथी बताएर उनी परिचय पत्रसमेत नराखी त्यहाँ बसेका थिए ।
स्रोतका अनुसार जितेन खानको नाममा उनी होटलमा बसेका थिए । अन्य दुईजना व्यक्ति पनि उनलाई नियमित जसो भेट्न आउने गरेको होटलको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा देखिएको छ । सीसी टीभीको हार्डडिस्क प्रहरी वृत्त बौद्धले बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा खान भारतीय नागरिक भएको खुलेको छ । स्रोतका अनुसार मारिनु अघि बौद्ध प्रहरीका अधिकारीहरुले मोहम्मदसँग सोधपुछ पनि गरेका थिए । तर गम्भिर रुपमा लिएका थिएनन् ।
‘पृष्ठभूमिबारे पनि उनले स्पष्ट भनेका थिएनन्, लेनदेनको विवाद छ, धम्की आइरहन्छ मात्र भनेका थिए’, बौद्ध प्रहरीका एक अधिकृत भन्छन्, ‘मा*रिएपछि मात्र उनको पृष्ठभूमिबारे थाहा पाएका हौं ।’
प्रहरीका अनुसार सोमबार मारिएका मोहम्मदले नेपालमा भारतीय नक्कली नोट कारोबारका नाइके इल्ताफसँग मिलेर २० असार २०६४ मा अनामनगर–बानेश्वर पुल नजिक बलराम पटुवारको हत्या गरेका थिए ।
बलराम नक्कली नोट कारोबारी भए पनि समूहगत द्वन्द्वका कारण उनी मा*रिएको बताइन्छ । त्यसबेला अनुसन्धानमा खटिएका हालका एक प्रहरी उपरीक्षक (एसपी) भन्छन्, ‘घट*नामा लाल मोहमद कन्ट्र्याक्ट किलरका रुपमा प्रयोग गरिएका थिए ।’
प्रहरीका अनुसार उनले विगतमा नेपाल हुँदै भारत जाने नक्कली नोटको कारोबारमा व्यवस्थापकका रुपमा काम गर्ने गरेका थिए । उनी हाल नख्खु कारागारमा रहेका इल्ताफ हुसेनको समूहमा बसेर काम गर्दै आएका थिए ।
गो*ली हानिएको स्थान अगाडि रहेको घरको दोस्रो तलामा लाल मोहम्मदको कार्यालय ।