
काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको सत्तारुढ गठबन्धनको निष्कर्ष छ।
आज एक संयुक्त विज्ञप्ती जारी गर्दै गठबन्धनले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथिनै प्रहार गरेको जनाएको हो । राष्ट्रपतिको कदमका विरुद्ध गठबन्धनले सचेत रहन आग्रह गरेको छ ।
जारी विज्ञप्तीमा लेखिएको छ,“राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमुल्यन भएको छ ।”
राष्ट्रपतिको यो कदमका विरुद्ध गठबन्धनले सचेत रहन संघीय लोकातान्त्रिक संवैधानिक व्यवस्थाका पक्षाधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चार जगत लगायत सम्पुर्ण नेपालीहरुलाई सचेत रहन पनि आग्रह गरेको छ ।
संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । राष्ट्रपतिले संविधान उल्लघंन गरेको गठबन्धनले निष्कर्ष निकालेको छ ।