२०७९ आश्विन २१ शुक्रबार

नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि आन्दोलनमा जाने उपेन्द्र यादवको चेतावनी !

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लघंन भएको बताएका छन्।

प्रतिनिधि सभा र राष्ट्र सभाबाट दुई दुई पटक पारित भएर राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लघंन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको उनले बुझाइ छ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘संसदको दुबै सदनबाट दुई/ दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्टपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उलंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्म माथि प्रहार हो।’

राष्ट्रपतिको निर्णयलाई लिएर सत्तारुढ दलहरु विरोधमा उत्रिएका छन् । यसै विषयमा थप छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ। मागको सम्बोधन नभएपछि पुनः आन्दोलन गर्ने चेतावनी पनि उनले दिएका छन् ।

२०७९ आश्विन ५, बुधबार प्रकाशित 0 Minutes 67 Views

ताजा समाचार