२०७९ आश्विन १० सोमबार

आ*गलागीका क्रममा भएको वि*स्फोटबाट पुगेको क्ष*ति । 

आगलागीका क्रममा भएको विस्फोटबाट पुगेको क्षति ।

५ असोज, काठमाडौं । कपनको एक घरमा भीषणा आगलागी हुँदा एक जनाको मृ*त्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख रवीन्द्र धानुकले पुष्टि गरे । उनका अनुसार घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ ।

अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो भएको छ ।

२०७९ आश्विन ५, बुधबार प्रकाशित 0 Minutes 27 Views

ताजा समाचार