२०८० जेष्ठ १९ शुक्रबार

संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति

संविधानको दायरा बाहिर जाने छुट कसैलाई छैन :

काठमाडौं, असोज ५ : उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन भन्नुभएको छ । उहाँले आज वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा आग्रह गर्नुभएको हो ।

“पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु दुःखद् हो”, उपराष्ट्रपति पुनले भन्नुभएको छ, “संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ ।”

सार्वभौम संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको अवसरमा यही असोज ३ गते संविधान दिवस हर्षोल्लासका साथ मनाइएको जनाउँदै उहाँले संविधान दिवसका अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने भनी दोहो-याएको प्रतिबद्धताको स्मरण पनि सो वक्तव्यमा गर्नुभएको छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’’

उपराष्ट्रपति पुनले सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यहीँ असोज ३ गते हर्षोल्लासका साथ मनाएको सन्दर्भ उल्लेख गर्दै यसको  पालन र संरक्षण गर्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । उहाँले संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षलाई आग्रहसमेत गर्नुभएको छ ।

२०७९ आश्विन ६, बिहीबार प्रकाशित 1 Minute 47 Views