२०७९ आश्विन २१ शुक्रबार

बोको हरामद्वारा ११ किसानको ह*त्या

जिहादी लडाकुले  नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् ।

टौम्मौरबाट ७ किलोमिटर टाढा रहेको क्षेत्रमा दाउरा खोज्न गएका किसानलाई बोको हराम समूहमा आबद्ध लडाकुले मंगलबार ह*त्या गरेका स्थानीयले बताएका छन् । अगस्टको अन्त्यमा लडाकुले स्थानीयलाई टापु छोड्न आदेश दिएका र पालना नगर्नेको ह*त्या गरेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

यसअघि चाड ताल छोड्ने आदेशको अवज्ञा गरेको भन्दै लडाकुले यस महिनाको सुरुमा नाइजर र नाइजेरियाका कैयौँ मछुवाहरूको ह*त्या गरेका थिए । नाइजेरिया वर्षौदेखि जिहादीको चपेटामा परेको छ ।

२०७९ आश्विन ६, बिहीबार प्रकाशित 0 Minutes 34 Views

ताजा समाचार