मृ*त्यु हुनेमा आर्दश स्कुलमा कक्षा १ मा अध्यानरत स्थानिय दिल बहादुर परियारका छोरा ६ बर्षीय बिजय परियार रहेका छन ।
आज बिहान पौने १० बजे काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५ ६५ नम्बरको बसले बालकलाई ठ*क्कर दिएको थियो ।
दु*र्घटनाको बिषयलाई लिएर स्थानिय र स्कुलका विद्यार्थीहरुले उक्त राजमार्ग अवरुद्ध गरेका छन् ।
घ*टनापछि स्थानीयले ठ*क्कर दिने बसमा आ*गजनी गरेका छन् । अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन् । सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरुसंग छलफल भैरहेको प्र*हरीले जनाएको छ । बस चालकलाई भने नियन्त्रणमा लिएको इलाका प्र*हरी कार्यालय गजुरीले जनाएको छ ।
घ*टनास्थलमा थप भीड बड्न नदिन प्र*हरीले काठमाडौतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको छ । सयौँ सवारी जाममा परेका छन् । एम्बुलेन्सलाई भने प्र*हरीले स्केटिङ गरेर पास गराइरहेको छ ।