
काठमाडौं : संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रीय अध्यक्ष भीमबहादुर दर्लामीको नि*धनको शोकमा भोलि (शुक्रबार) गोकर्णेश्वर नगरपालिका भित्रका सबै शैक्षिक संस्था बन्द हुने भएका छन्।
बिहीबार प्याब्सन गोकर्णेश्वर, इसान, एनप्याब्सन गोकर्णेश्वर, निसान, नेपाल शिक्षक संघ गोकर्णेश्वर र नेपाल राष्ट्रिय शिक्षक संगठन गोकर्णेश्वरले संयुक्त सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन्।
उनीहरूले ७ गते सञ्चालन हुने परीक्षा ८ गते शनिबार सञ्चालन गर्न आग्रह गरेका छन्। असोज ५ गते ४२ वर्षीय दर्लामीको नि*धन भएको थियो।
उनी गोकर्णेश्वर नगरपालिकास्तरीय परीक्षा समितिका सदस्य, एकता जेम्स इङ्लिस ऐकेडेमी, एकता जेम्स टेक्निकल फाउण्डेसन, युनिक बोर्डिङ स्कुल अर्घाखाचीका संस्थापक प्रधानाध्यापक थिए।