२०७९ चैत्र १५ बुधबार

भीमफेदी दुर्घ*टनाका मृ*तकमध्ये २ जनाको सनाखत

भीमफेदी दुर्घ*टनाका मृ*तकमध्ये २ जनाको सनाखत

हेटौंडा अस्पतालमा घा*इतेको उपचार गरिँदै ।

६ असोज, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको यात्रु बस दु*र्घटनामा मृ*त्यु हुने २ जनाको सनाखत भएको छ । अरु ५ जनाको अझै सनाखत भएको छैन ।

सनाखत हुनेमा नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने र बाराको झिप्कैयाका ३३ वर्षे अन्दुवा मियाँ ठकुराई रहेका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घ*टना भएको थियो ।

दुर्घ*टनामा घा*इते भएका २६ जना मध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ३ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको घिमिरेले बताए ।

ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको थियो ।

२०७९ आश्विन ६, बिहीबार प्रकाशित 0 Minutes 55 Views

ताजा समाचार