२०८० जेष्ठ १९ शुक्रबार

आप्रवासी सवार डुंगा पल्टियो : ३० जनाको मृ*त्यु, बेपत्ताको खोजीकार्य हुँदै

आप्रवासी सवार डुंगा पल्टियो : ३० जनाको मृ*त्यु, बेपत्ताको खोजीकार्य हुँदैsharethis sharing button

आप्रवासी सवार डुंगा पल्टियो : ३० जनाको मृत्यु, बेपत्ताको खोजीकार्य हुँदै

सिरियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा पल्टिँदा मृ*त्यु हुनेको संख्या ३४ पुगेको छ। लेबनानबाट आप्रवासी बोकेर समुन्द्री मार्ग हुँदै युरोप गइरहेको डुंगा दुर्घ*टना भएको हो।

सिरियाको स्वास्थ्य मन्त्रालयले ३४ जनाको मृ*त्यु भएको र २० जनाको तारातोस्थित बेसल अस्पतालमा उपचार भइरहेको जनाएको छ। डुंगामा १२० देखि १५० जना आप्रवासी रहेकोले मृ*तकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। हाल बेपत्ताहरुको खोजीकार्य जारी छ। तर, प्राकृतिक अवरोधका कारण खोजीकार्य राम्ररी संचालन हुन सकेको छैन।

लेबनानबाट धेरै संख्यामा मानिसहरु पलायन हुने क्रम बढ्दो छ। बेरोजगारी र अस्थि आर्थिक अवस्थाका कारण हजारौं परिवार चरम गरिबीको सि*कार भएका छन्। त्यसैले नयाँ भविष्यको खोजीमा मानिसहरु समुन्द्री मार्ग हुँदै खत*रनाक यात्रा गरि युरोप पुग्ने प्रयासमा छन्। यस्तो प्रयासका क्रममा धेरैपटक आप्रवासी सवार डंगा दुर्घ*टनामा पर्ने गरेको छ। डुंगामा भने लेबनानसँगै अन्य देशका नागरिक पनि रहेको बताइएको छ।

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित 0 Minutes 63 Views