
बालेनले राष्ट्रपति भण्डारीलाई पनि छाडेनन्, उठाए गम्भीर प्रश्न
s
छोटो अवधि राष्ट्रपति भण्डारी सांसद बनेको काठमाडौँ क्षेत्र नम्बर २ को एक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले आफ्नै क्षेत्रको समस्या ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन भन्दै प्रश्न गरेका छन्।
उनले राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री माधव नेपाललाई एकै घानमा पार्दै तीनकुने समस्याबारे सामाजिक सञ्जालमा लेखेका हुन्।
‘आदरणीय माधव नेपालज्यु तथा सम्माननीय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो। आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन।
अब कुन मुख देखाएर जनतामाझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो। समस्या समाधान होस् भन्ने आशा राखेको छु,’ बालेनले सामाजिक सञ्जालमा भनेका छन्।