
काठमाडौं : इरानमा हिजाफविरुद्ध जारी प्रदर्शन थप हिं*स्रक बन्दै गएपछि राष्ट्रपति इब्राहिम रैसीले हिरासतमा महिलाको मृ*त्यु भएको घ*टनाको छानबिन गर्न आदेश दिएका छन्।
गत सेप्टेम्बर १३ मा एक २२ वर्षीय युवतीलाई इरानी प्रहरीले हिजाफ नलगाएको आ*रोपमा गिरफ्तार गरेको थियो। महसा अमिनी नामकी ती युवतीको हिरासतमा मृ*त्यु भएको भन्दै प्रहरीले १६ सेप्टेम्बरमा परिवारलाई श*व बुझाएको थियो।
यो घ*टनापछि देशव्यापी रुपमा विरोध प्रदर्शन सुरु भएको हो। एक हप्तादेखि चर्किएको विरोधमा प्रहरी दमनबाट ३१ जना प्रदर्शनकारीको मृ*त्यु भइसकेको छ भने प्रदर्शन थप सहरमा विस्तार भएको छ।
सामाजिक सञ्जालका माध्यमबाट दैनिकजसो प्रदर्शनकारीहरु थपिँदै गएपछि राष्ट्रपति इब्राहिम अनुसन्धानको आदेश दिन तयार भएका हुन्।
हिजाफको नियम तोडेको आ*रोपमा हिरासतमा युवतीको मृ*त्यु भएपछि हजारौँको संख्यामा युवतीहरु हिजाफ फालेर प्रदर्शनमा उत्रिएका थिए। उनीहरुको प्रदर्शनमा युवाहरुको पनि साथ छ।