
रुसद्वारा युक्रेनमा मा*रिएका आफ्ना सैनिकको संख्या सार्वजनिक

त्यसपछि रुसी सेनाको हताहतीबारे पश्चिमबाट विभिन्न अनुमान आइरहँदा पनि रुसले विवरण सार्वजनिक गरेको थिएन । अगस्टमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन यु*द्धमा रुसी पक्षका करिब ७० देखि ८० हजार सैनिक मा*रिएको वा घाइते भएको प्रक्षेपण गरेको थियो । तर हाल रुसले सार्वजनिक गरेको सैन्य हताहतीको संख्या पेन्टागनको प्रक्षेपणभन्दा निकै कम देखिन्छ ।
बुधबार टेलिभिजनमा बोल्दै रुसी रक्षा–मन्त्री सर्गेई शोइगुले द्वन्द्व सुरु भएदेखि हालसम्म ५,९३७ रूसी सैनिक मा*रिएको बताए । रक्षामन्त्री शोइगुले सात महिना लामो ‘विशेष सैन्य अपरेशन’ मा रुसले ठूलो नोक्सानी बेहोरेको कीभ र पश्चिमा राष्ट्रहरूको भनाइलाई खारेज गरे । उनले ९०% घाइते रुसी सैनिकहरू यु*द्ध मोर्चामा फर्किएको दावी गरे । राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयु*द्धपछि पहिलोपटक रुसी रिजर्भ फोर्स परिचालन गर्न आदेश दिएकै दिन यो विवरण सार्वजनिक गरिएको थियो ।
युक्रेनमा कयौं पश्चिमी शक्ति विरुद्ध एकैपटक लड्नु परेकाले थप जनशक्ति आवश्यक परेको र त्यसैका लागि रिजर्भ फोर्स परिचालन गर्नुपरेको पुटिनले बताए । रक्षा मन्त्री शोइगुले रुससँग २ करोड ५० लाख सम्भावित लडाकू रहे पनि हाल ३ लाख पुरुष मात्र परिचालित हुने बताए ।
क्रेमलिनको वेबसाइटमा प्रकाशित अध्यादेश अनुसार हाल बोलाइएको रिजर्भ फोर्समा पहिले नै सैन्य अनुभव भएकाहरुलाई मात्र परिचालित गर्ने भनिएको छ । शोईगुले युक्रेनमा तैनाथ गर्नुअघि उनीहरूलाई थप प्रशिक्षण दिइने बताए ।
मस्कोले आफ्नो छिमेकीलाई निशस्त्रीकरण गर्न र खतरनाक राष्ट्रवादीहरुबाट मुक्त बनाउन ‘विशेष सैन्य अभियान’ चलाएको बताइरहेको छ । –रोयटर्सबाट