२०७९ चैत्र १५ बुधबार

कपनमा भोलि दशैं फेस्टिभल हुँदै

काठमाडौं : नेपाल खेलकुद महासंघ बुढानिलकण्ठको आयोजनामा शनिबार ‘दशैं फेस्टिभल’ हुने भएको छ। कार्यक्रम बुढानिलकण्ठ नगरपालिका-१२ कपनको त्रिज्योति माविको प्रांगनमा आयोजना हुनेछ।

उक्त फेस्टिभलमा कपन क्षेत्रका लोक ब्याण्डहरुको प्रस्तुति र विभिन्न खेल विधाको डेमोस्ट्रेसन रहने आयोजकले जनाएको छ।  फेस्टिभलमा लक्ष्य ब्यान्ड, ग्याल्बो, राजु एण्ड ब्याण्ड, एण्ड ब्रडर्स, सन्जय एण्ड फ्रेण्डस् र घान्टुक एण्ड ब्याण्ड तथा लोक दोहोरीमा मित्रत्व नेपाल,मदन कुमार थापा र शुशील अधिकारी लगायतको प्रस्तुति रहने छ। सो अवसरमा खेलकुदसम्बन्धी विभिन्न कार्यक्रमहरु पनि हुने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न परिकारका खाने कुराहरुको स्टल पनि राखिने छन्।

‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वाथ्य हाम्रो अधिकार’ भन्ने नाराका आयोजना हुन गइरहेको कार्यक्रममा नेकपा एमालेका नेता राजन भट्टराई प्रमुख अतिथि रहेने आयोजकले जाएको छ।

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित 1 Minute 50 Views

ताजा समाचार