२०८० जेष्ठ १९ शुक्रबार

कलाकार राजु महोत्राको श*व झु*ण्डिएको अवस्थामा भेटियो

कलाकार राजु महोत्राको श*व झु*ण्डिएको अवस्थामा भेटियो

७ असोज, बुटवल । बुटवलका कलाकार राजु महोत्रा झु*ण्डिएको अवस्थामा मृ*त भेटिएका छन् ।

दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झु*ण्डिएको अवस्थामा फेला परेका हुन् ।

करिब ३५ वर्षीय महोत्रा बिहीबार साँझ आफ्नै घरमा खाना खाएर सुतेका थिए ।

महोत्राको श*व पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घ*टनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

महोत्राकी श्रीमती पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् । महोत्रा कलाकारितासँगै विभिन्न व्यवसायमा पनि आवद्ध थिए ।

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित 0 Minutes 95 Views