२०७९ चैत्र १८ शनिबार

अर्घाखाँचीमा पुरुषद्वारा पत्नीको ह*त्या

अर्घाखाँचीमा पुरुषद्वारा पत्नीको ह*त्या

अर्घाखाँची — अर्घाखाँचीको शितगंगा नगरपालिका–३ ठाडामा ५३ वर्षीय एक पुरुष आफ्नै श्रीमतीको ह*त्या गरेको आरोपमा प*क्राउ परेका छन् । ठाडाका पिताम्बर भुसालले ५० वर्षीय श्रीमती मनकला भुसालको ह*त्या गरेको प्र*हरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

शुक्रबार साँझ घरमा श्रीमान–श्रीमतीबीच झ*गडा हुँदा पिताम्बरले अचार पिस्ने लोहोरो (ढुंगा) ले मनकलाको टाउकोमा हानेपछि घट*नास्थलमै मृ*त्यु भएको इलाका प्र*हरी कार्यालय ठाडाका प्र*हरी निरीक्षक होमनाथ रेग्मीले बताए ।

श्रीमतीलाई हानेर ह*त्या गरेपछि पिताम्बर प्र*हरी कार्यालयमा पुगेर आफूले श्रीमतीको ह*त्या गरेर आएको बयान दिएको रेग्मीले जानकारी दिए । अहिले पिताम्बर प्र*हरी नियन्त्रणमा रहेका छन् । मृ*तक मनकलाको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ ।

स्थानीयहरूका अनुसार केही वर्षदेखि भुसाल दम्पत्तिबीच नियमित झ*गडा हुने गरेको थियो । उनीहरूले एउटै घरमा छुट्टाछुट्टै भान्सामा पकाएर खाने गरेको पनि छिमेकीहरूले बताए । उनीहरूका दुई छोरा र एक छोरी रहेका छन् ।

२०७९ आश्विन ७, शुक्रबार प्रकाशित 0 Minutes 55 Views