
पत्रकार धमलासहित दुई जना ला*गूऔ*षध लिएर सिरहा आउँदै गर्दा प*क्राउ
सिराहा : सिरहा प्र*हरीले अवैध लागूऔषधसहित दुई जनालाई प*क्राउ गरेको छ। प*क्राउ पर्नेहरू दुवै जना उदयपुर जिल्लाको रहेको प्र*हरीले जनाएको छ।
एक जनासँग प्रेस कार्ड फेला परेको छ। उनी पत्रकार नै हो की कार्ड मात्रै बनाएको हो खुल्न सकेको छैन। उनीहरूलाई चेकजाँचका क्रममा सिरहा नगरपालिका-१४ नेमचन चोकबाट प*क्राउ गरिएको छ।
प*क्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका-२ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र मोटरसाइकल पछाडि सवार ओखलढुङ्गा फुलवारी गाउँ विकास समिति-९ मा घर भई हाल जिल्ला उदयपुर कटारी नगरपालिका-२ कल्याणपुर टोलकै ३५ वर्षीय इश्वर खत्री रहेका छन्।
उनीहरू भारतबाट नेपालतर्फ स. ९ प. ५१० नं. को मोटरसाइकलमा आउँदै थियो।
प*क्राउ परेका धमलासँग रामा एक्सप्रेस खबरको प्रेस कार्ड पनि छ।
प्रह*रीले उनीहरूको साथबाट नाइट्रोभेट-१० लेखिएको २५ ट्याब्लेट, स्पास्मो प्रोक्सभोन प्लस लेखेको ८ क्याप्सुल, डाइलेक्स डिसी जस्तो देखिने तरल पदार्थ केमप्टी म्याङ्गो पन्च लेखिएको ६०० एमएलको बोतल ला*गूऔ*षध र अन्य कागजातहरू ब*राम*द गरेको छ।
अ*वैध ला*गूऔ*षध, मोटरसाइकल, मोबाइल, एटीएम कार्ड, आईडी कार्ड, नागरिकता, राहदानी, ड्राइभिङ लाइसेन्स र नगदसहित फेला पारिएको प्र*हरीले जनाएको छ।
उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ला*गूऔ*षध मु*द्दामा सात दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रह*री कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी सुवास बुढाथोकीले जानकारी गराए।