२०८० जेष्ठ २३ मंगलवार

जापानमा आँधी टालासले दुई जनाको ज्यान लग्यो

जापानको शिजुओका प्रिफेक्चरमा आएको आँधी टालासका कारण दुई जनाको ज्यान गएको छ।

काकेगावा, शिजुओका प्रिफेक्चरमा आफ्नो घर पहिरोमा परेर ४० वर्षका एक व्यक्तिको ज्यान गएको र अर्का २९ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको क्योडो न्युजले उल्लेख गरेको छ ।


हजारौँ घरपरिवार प्रभावित भएका छन् । धेरै ठाउँमा विद्युत् विच्छेद भएको छ ।

झन्डै एक लाख २० हजार घरधुरीमा बिजुली अवरुद्ध भएको छ । राजधानी टोकियोसहित मध्य, पूर्वी र उत्तरी जापानमा उच्च छाल, भारी वर्षा, पहिरो र बाढीको चेतावनी जारी गरिएको छ ।


जापानमा अघिल्लो हप्ता आएको नानमाडोल आँधीका कारण चार जनाको ज्यान गएको थियो । सयभन्दा धेरै नागरिक घाइते भएका थिए।

२०७९ आश्विन ९, आईतवार प्रकाशित 0 Minutes 100 Views