२०८० जेष्ठ २३ मंगलवार

गैंडाको खागसहित दुई जना प,क्राउ

काठमाडौँ – गैंडाको खागसहित राजधानीको गोंगबु बसपार्बाट दुई जना प,क्राउ परेका छन्। प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको टोलीले खागसहित आइतबार बिहान ११ बजे दुईजनालाई पक्राउ गरेको हो।

टोखा नगरपालिका–९ बसपार्कस्थित न्यू रुकुमेली गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरिएको हो। प,क्राउ परेकाहरुको विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरुमा एकजना महिला र एकजना पुरुष छन्। उनीहरुमाथि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।


TV ANNAPURNA

२०७९ आश्विन ९, आईतवार प्रकाशित 1 Minute 117 Views