२०८० जेष्ठ २३ मंगलवार

हामीलाई गाली गर्नेहरु चोर, अपराधी, सुँगुर, कुकुर हुन् : महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले फेक आइडी चलाएएर एमालेको विरोध गर्नेहरुलाई सुँगुरको उपमा दिएका छन्। आफूहरुलाई भने उनले मयुरको संज्ञा दिएका छन्।

‘हामी मयुर हौं भने यिनीहरु सुँगुर हुन्। मयुरको र सुँगुरको कहिल्यै पनि मिलन हुन सक्दैन’ शुक्रबार राजधानीमा आयोजित युवासंघको कार्यक्रममा पूर्वमन्त्री एवं निवर्तमान सांसद बस्नेतले भने, ‘यो कुरा तपाई हामीले मात्रै बुझेर हुँदैन। यो कुरा हाम मतदाताले बुझ्नुपर्छ। यो कुरा आम जनसमुदायले बुझ्नुपर्छ। आम युवाहरुले बुझ्नुपर्छ।’

एमाले नेता बस्नेतले भने, ‘हाम्रा विरुद्ध वार रुम चलाएर, फेक आइडी चलाएर गाली गर्नेहरु चोर, डाका, फटाहा, अपराधी, सुँगुर, कुकुर हुन्। यो भनेवापत फेरि मलाई गाली आउला हैन? त्यो सामना गर्न हाम्रो पंक्ति तयार छ, यही हो आज हामीले दिन खोजेको सन्देश।

आजको सूचना प्रविधिको युगलाई सही ढंगले चलाउन र परिचालन गर्नको निमित्त कार्यक्रम आयोजना गरिएको बताउँदै बस्नेतले भने, ‘कुनैबेला साम्राज्यवाद प्लेन चढेर आउँथ्यो, आज साम्राज्यवाद हावाबाट आइरहेको छ।


आज अराजकतावाद हावाबाट आइरहेको छ। यो सूचना प्रविधिको साम्राज्यवादलाई हावामै हानेर ध्व,स्त पार्ने युग हो यो। यो युगलाई सबभन्दा पहिला युवाहरुले बुझ्नुपर्छ।’

२०७९ आश्विन ९, आईतवार प्रकाशित 0 Minutes 102 Views