२०७९ माघ २५ बुधबार

झापामा ७९ जना डे*ङ्गु स*ङ्क्रमित फेला

झापामा ७९ जना डे*ङ्गु स*ङ्क्रमित फेला

झापा । झापामा डे*ङ्गु रोगको स*ङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डे*ङ्गु स*ङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डे*ङ्गु तथा महा*मारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिए । “यसअघि जिल्लाका केही पालिकामा मात्र डे*ङ्गु स*ङ्क्रमण देखिएको थियो”, उनले भने, “पछिल्लो समय डे*ङ्गु स*ङ्क्रमण बढ्दै गएको छ ।”

स*ङ्क्रमितमध्ये पुरुष ४५ जना र महिला ३४ जना छन् । हल्दिबारीमा सबैभन्दा धेरै १६ जना स*ङ्क्रमित फेला परेका छन् । यस्तै मेचीनगरमा १०, बुद्धशान्तिमा सात, अर्जुनधारामा एक, कनकाईमा आठ, कमलमा छ, दमकमा सात, गौरादहमा एक, झापामा तीन, बिर्तामोडमा १४, भद्रपुरमा चार र कचनकवलमा दुई जनामा डे*ङ्गु स*ङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्लाका १५ वटै पालिकालाई ३०÷३० थान कीट वितरण गरिएको फोकल पर्सन यादवले बताए । आवश्यकता अनुसार पालिकाले आफैँ कीट किन्ने व्यवस्था भएकाले पालिकाले आफैँ खरिद गर्ने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत यही असोज १०/१२ गते कीट आउने जानकारी आएको र आएपछि थप कीट वितरण गरिने कार्यालयले जनाएको छ । यता, जिल्लाका सबै पालिकाले लार्भा न*ष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।

२०७९ आश्विन ९, आईतवार प्रकाशित 0 Minutes 36 Views

ताजा समाचार