२०८० जेष्ठ १९ शुक्रबार

१९ किलो चाँदीसहित भारतीय नागरिक प*क्राउ

१९ किलो चाँदीसहित भारतीय नागरिक प*क्राउ

जनकपुरधाम। भारत नेपालको सिमानाकाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई प*क्राउ गरिएको छ।  छिमेकी मुलुक भारत–नेपाल धनुषाको जटही नाकाबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्र*हरीले प*क्राउ गरेको हो।

प*क्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई प*क्राउ गरिएको सशस्त्र प्र*हरी बल जटहीका प्र*हरी नायब उपरीक्षक निर्मल खडकाले जानकारी दिए। जटही नाका भएर साइकलमा आउँदै गरेका उनको शरीर चेकजाँच गर्दा चाँदीसहित प*क्राउ  गरेको खडकाले बताए।

बरा*मद गरिएको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३४० नेपाली रुपैयाँ रहेको उनले बताए। प*क्राउ परेका सो भारतीय नागरिकको साथबाट एक थान साइकल, मोबाइल र घडि समेत बरा*मद गरिएको छ।

२०७९ आश्विन ९, आईतवार प्रकाशित 0 Minutes 56 Views