२०८० जेष्ठ २७ शनिबार

नेपाल र चीनबीचको आपसी सम्बन्धमा सञ्चारको भूमिका अझ बढी

नेपाल र चीनबीचको आपसी सम्बन्धमा सञ्चारको भूमिका अझ बढी

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सञ्चार जगतले नेपाल र चीनबीचको आपसी सम्बन्ध अझ प्रगाढ बढाउन भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा हङकङ स्याटलाइट टेलिभिजन, साउथ एशिया नेटवर्क टेलिभिजनले आइतवार काठमाडौंमा आयोजना गरेको नेपाल–चीन मिडिया सम्मेलनलाई भर्चुअलरूपमा सम्बोधन गर्दै राजदूत श्रेष्ठले आजको विश्व सञ्चार र प्रविधिको विश्व भएकाले यसबाट कोही पनि अछुतो रहन नसक्ने स्पष्ट गरे ।

कार्यक्रममा नेपाल र चीन दुवै देशका सञ्चारकर्मीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बाट नेपालले लाभ लिन सक्नुपर्ने र यसबारे सञ्चारमाध्यमबाट थप स्पष्टता बाहिर आउनुपर्नेमा जोड दिएका थिए ।

नेपालका तर्फबाट जनता टेलिभिजनका अध्यक्ष डा.विजयकुमार पौडेल, योहो टिभीका समाचार प्रमुख जीवराम भण्डारी र निजी क्षेत्रको न्यूज एजेन्सी नेपालका प्रमुख सविन धमलाले नेपाल र चीनबीचको सम्बन्ध समस्यारहितको रहेकाले यस सम्बन्धलाई कायम राख्न सञ्चार क्षेत्रले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

२०७९ आश्विन ९, आईतवार प्रकाशित 0 Minutes 44 Views