२०७९ चैत्र ९ बिहीबार

एउटै अडिओ क्लिपका दुई अर्थ: बालयौ*न दु*रुपयोगमा मान्य, ब*लात्कारमा अमान्य

एउटै अडिओ क्लिपका दुई अर्थ: बालयौ*न दु*रुपयोगमा मान्य, ब*लात्कारमा अमान्य

एउटै अडिओ क्लिपका दुई अर्थ: बालयौन दुरुपयोगमा मान्य, बलात्कारमा अमान्य
कलाकार पल शाह वि*रुद्धको मु*द्दामा नवलपुर जिल्ला अदालतले बालयौ*न दु*रुपयोगमा अडिओ क्लिप उनकै भएको ठहर गर्दै कै*द स*जाय तोकेको छ भने ब*लात्कार अभियोगमा त्यहि अडिओ क्लिप उनको नभएको जिकिर गर्दै सफाइ दिने आधार बनाएको छ।

जिल्ला अदालत, नवलपुरले कलाकार पूर्णविक्रम शाह (पल शाह) वि*रुद्ध १५ वर्षीया नाबालिकालाई जब*र्जस्ती करणी गरेको अभियोगमा असोज ६ गते सफाई दियो। जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बालयौ*न दु*रुपयोगको क*सुरमा भने दो*षी ठहर्‍याउँदै साढे दुई वर्ष कै*द र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनायो। साथै पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दियो।

कलाकार शाहले म्युजिक भिडिओको छायाँकन गर्न पूर्वी नवलपरासीकाे गैंडाकोट रिसोर्टमा २०७७ चैतमा ब*लात्कार गरेको उजुरी परेको थियो। पीडित गायिका हुन्।

याे मु*द्दाकाे हालै सार्वजनिक फैसलाकाे पूर्ण पाठमा जब*र्जस्ती करणी अभियोगमा बेक*सुर ठहर्‍याउन र बालयौ*न दु*रुपयोगमा क*सुरदार मान्न अदालतले लिएको आधार अनौठो देखिएको छ। अदालतले दुवै अभियोगबारे फैसला गर्दा अनुसन्धानका क्रममा भेटिएको अडिओ संवादलाई आधार मानेको छ।

घ*टनापछि दुवै पक्षबीच भएको छलफलको दुई मिनेट ३५ सेकेन्डको अडिओ प्रहरीले अदालतमा प्रमाणको रुपमा बुझाएको थियो। अडिओमा कलाकार शाहले ‘प्रे*गनेन्ट (ग*र्भवती) भएको भए, … सेफ (सुरक्षित) तरिकाले यति अन्डरस्ट्यान्डिङ (सहमति) हिसाबमा हुँदा पनि लास्ट (अन्तिम)मा स्वीकार्नै पर्छ? विवाह गर्नै पर्छ?’ भनेका छन्।

पीडितले आफूसँग विवाह गर्नुपर्ने भनी जोड दिएकाले २०७८ असारमा मध्य बानेश्वरको एउटा होटलमा पीडित २० वर्ष पुगेपछि प्रेम सम्बन्धलाई वैवाहिक स्वरुप दिने सहमति भएको शाहले अनुसन्धान अधिकारीसँग बताएका थिए। अदालतमा समेत पलले उक्त अडिओ आफ्नै भएको बताएका छन्। तर, आफूले उक्त कुरा फरक प्रसंगमा बोलेको शाहले अदालतमा जिकिर गरेका थिए। “उक्त अडिओ क्लिपमा भएको कतिपय स्वर मेरो हो र कतिपय होइन,” अदालतको बकपत्रमा शाहले भनेका छन्।

अडिओको फरेन्सिक जाँच गर्दा शाहसँग ७५ प्रतिशत स्वर मिल्ने देखिएको मिसिलबाट देखिन्छ। अडिओमा सुनिने ‘ग*र्भवती भएको भए’, ‘सुरक्षित तरिकाले सहमतिको हिसाबमा हुँदा पनि विवाह गर्नैपर्छ?’ जस्ता शब्दले अभियुक्त र पीडितबीच शारीरिक सम्पर्क भएपछि दुवै पक्षबीच छलफल भएको इंगित गर्छ।

१८ वर्षभन्दा मुनिका नाबालिगसँग सहमतिमै शारीरिक सम्पर्क भए पनि मुलुकी अपराध संहिताले दण्डनीय मानेको छ। संहिताको परिच्छेद १८ को करणी सम्बन्धी क*सुर खण्डमा दण्डनीय हुने व्यवस्था छ।

ब*लात्कार अभियोगमा फैसला गर्दा अदालतले अडिओ क्लिपबारे गरेको ठहर।
तर, जिल्ला अदालतको इजलासले भने आरोपितले अदालतमा अडिओ आफ्नै भएको विषयलाई अनदेखा गरेको छ। बरू, ठहर खण्डमा न्यायाधीश आचार्यले अडिओ क्लिपमा भएको आवाज आफ्नो भनी आरोपित शाहले बयानका क्रममा स्वीकारे पनि अदालतसमक्ष भने पूर्ण रुपमा इन्कारी बयान दिएको व्याख्या गरेका छन्। अभियुक्तको यो इन्कारी बयानलाई पनि जब*र्जस्ती करणीको क*सुरमा सफाइ दिने एउटा आधार लिइएको छ।

ठहर खण्डकै अर्को ठाउँमा भने अडिओ क्लिप आफ्नो भएको शाहले स्वीकारेको इजलासले ठहर गरेको छ। त्यसमा ‘अडिओ क्लिपको संवाद र त्यसमा भएको स्वर आफ्नै रहेको कुरामा शाहको पूर्ण स्वीकारोक्ति रहेको देखिने’ उल्लेख छ। यसरी अडिओ क्लिपलाई कुनै प्रसंगमा स्वीकारेको र कुनै प्रसंगमा अस्वीकार अदालतले ठहर गरेर जब*र्जस्ती करणीमा सफाइ दिएको छ।

बालयौ*न दु*रुपयोगमा फैसला गर्दा अदालतले अडिओ क्लिपबारे गरेको ठहर।
स्वास्थ्य परीक्षणमा पीडितको यौ*नाङ्गको जाली च्यातिएको देखिएको थियो। शारीरिक सम्पर्कबाहेक साइकल चलाउँदा, फूटबल खेल्दा पनि यस्तो हुने सम्भावना हुने भन्दै अदालतले यसलाई वस्तुनिष्ठ प्रमाणको अभाव भनेको छ। यसका साथै जा*हेरीकर्ता, पीडित र उनीहरूका साक्षीले समेत अदालतमा बयान फेरेकोलाई समेत अदालतले शाहलाई सफाई दिने आधार मानेको छ।

तर, बालयौ*न दु*रुपयोगको क*सुरमा शाहलाई दो*षी करार गर्दा भने अदालतले मध्य बानेश्वरको होटलमा भएको पीडित र अभियुक्त पक्षबीचको अडिओ क्लिपले ‘प्रतिवादी र पीडित प्रेमी–प्रेमिकाको सम्बन्धमा रहे बसेको देखिने’ मानेको छ। फैसलामा भनिएको छ, “मध्य बानेश्वरमा पीडित र प्रतिवादीहरू बीचको संवाद एवं छलफलको अडिओ क्लिप बनाइएको समग्र अवस्थाले यी प्रतिवादी र पीडित प्रेमि प्रेमिकाको जस्तो सम्बन्धमा रहे बसेको देखिन्छ।’

शाहलाई बालयौ*न दु*रुपयोगमा क*सुरदार ठहर्‍याउँदा अदातले यही अडिओ संवादमा व्यक्त कुरालाई प्रमुख आधार मानेको छ। यसैलाई प्रमाण मान्दै अदालतले कलाकार शाहलाई साढे दुई वर्ष जे*ल स*जाय तोकेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर अदालतको यो फैसलाबारे पुनरावेदनमा जाने तयारीमा छ। “आधिकारिक रुपमा अदालताबट जानकारी आएपछि हामी पुनरावेदनमा जानेछौं,” सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता एवं सूचना अधिकारी डालबहादुर नेपालीले हिमालखबरसँग भने।

फिल्म र म्युजिक भिडिओमा चल्तीका अभिनेतामा दरिएका शाहवि*रुद्ध यही क*सुरमा जिल्ला अदालत, तनहुँमा पनि मु*द्दा विचाराधीन छ। २०७८ वैशाखमा तनहुँको दुलेगौंडास्थित शाहको चिनजानको व्यक्तिको घरमा पुर्‍याएर जब*र्जस्ती करणी गरेको अभियोग छ।

उनीहरू बाग्लुङको गलकोट महोत्सवमा सहभागी भएर एउटै गाडीमा फर्किएका थिए। त्यसक्रममा शाहले नाबालिकालाई बीच बाटोबाटै प्रदीप थापाको घरमा लगेर विवाह गर्ने भनी फकाएर छोरीसँग शारीरिक सम्पर्क गरेको भन्दै उनका बुवाले जा*हेरी दिएका हुन्। तनहुँ जिल्ला अदालतमा समेत पीडित, जा*हेरीकर्ता र उनीहरूका साक्षीले बयान बदलेका छन्।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी ब*लात्कारका मु*द्दामा नेपालको न्यायालयले न्यायाधीशपिच्छे फरकफरक फैसला गर्ने र त्यसमा सैद्धान्तिक पक्ष नरहने समस्या रहेको बताउँछन्। “पल शाहको फैसलाको पूर्ण पाठ मैले पढेको छैन। तर, ब*लात्कारका मु*द्दामा न्यायाधीशपिच्छे फरक फैसला भईरहेको छ,” केसी भन्छन्, “न्यायाधीश बेग्लै भएपछि फैसला अलग हुनु स्वभाविक हो। तर, त्यसमा सिद्धान्तको कुरा हुनुपर्छ, जुन पक्ष फैसलामा शून्य हुँदै गएको छ। यो फौजदारी न्याय प्रणालीको बि*डम्बना हो।”

फैसलाको पूर्ण पाठ:

pal shah phaisala

२०७९ आश्विन ९, आईतवार प्रकाशित 1 Minute 52 Views

ताजा समाचार