२०८० जेष्ठ २३ मंगलवार

कस्तो अचम्म ! काठमाडौं–धनगढी भन्दा काठमाडौं–दिल्लीको हवाई भाडा सस्तो

कस्तो अचम्म ! काठमाडौं–धनगढी भन्दा काठमाडौं–दिल्लीको हवाई भाडा सस्तो

चाडपर्व नजिकिएसँगै आन्तरिक उडानको भाडा दर एक्कासी आकासिएको छ। आन्तरिक उडानमध्ये सबैभन्दा लामो दूरीमा रहेको काठमाडौं–धनगढीको हवाइ भाडा ८ हजार ३९५ कायम गरिएको थियो। तर दसैं नजिकिएसँगै भाडा दर बढेर झण्डै दोब्बर पुगेको छ।

काठमाडौं–धनगढी हवाइ उडान अन्तरगत अनलाइन टिकट बुकिङका लागि १४ गते शुक्रबारको भाडा दर हेर्दा त्यहाँ १२ हजार ७२५ देखि १७ हजार २५ सम्मका टिकट उपलब्ध छन्। यस्तै १५ गते शनिबार पनि सोही दरमा टिकट उपलब्ध छन्। सामान्यतया मौसम सफा रहेमा काठमाडौं–धनगढीको हवाइ यात्रा गर्न १ घण्टा १५ मिनेटसम्म लाग्ने गर्छ।

तर शुक्रबार नै १ घण्टा ४५ मिनेटको दूरीमा रहेको भारतको नयाँ दिल्लीसम्मको टिकट भने १४ हजारमै उपलब्ध रहेको छ। यो समाचार तयार पार्दासम्म शुक्रबार साँझ ७ बजेको फ्लाइटबाट काठमाडौं–दिल्ली यात्रा गर्नुपर्दा १२ हजार १४१ मै टिकट बुकिङ उपलब्ध रहेको उल्लेख छ।

यसरी काठमाडौंभन्दा भारतको राजधानीको टिकट सस्तो भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ। पेट्रोलिय पदार्थको मूल्यवृद्धिसँगै हवाई सेवाको भाडादर यसअघिनै बढेता पनि मनपरी रुपमा थप भाडा बढेपछि चाडपर्वमा घर आउने सर्वसाधारणले महंगै मूल्य चुकाउनु परेको गुनासो बढेको छ।

२०७९ आश्विन ९, आईतवार प्रकाशित 0 Minutes 54 Views